सीप र दक्षताले आत्मनिर्भर बनाउछ : नगर प्रमुख भट्टराई

टिकाराम अधिकारी :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले महिलाहरु उद्यमशील बनेर आत्मनिर्भर र स्वावलम्बी बन्नु पर्ने बताउनु भएको छ ।
शुभबिहानी महिला बहुउदेश्यीय सहकारीको आयोजना र शिक्षा संस्कृति विज्ञान तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा एक हप्ते कुशन तथा गुडिया बनाउने तालिमको शनिबार गल्याङमा उद्घाटन गर्दै प्रमुख भट्टराईले सीपले मात्रै सवैलाई सफल बनाउने बताउनु भयो ।
हामीले आफ्नो समाजलाई सकरात्मक ढङ्गले अगाडि वढाउनु पर्ने र त्यसमा महिलाहरु पार्दशी र इमान्दार हुने भएकाले पनि तालिममा सिकेको सीपलाई जीवन उपयोगी बनाउनु पर्ने र त्यसबाट आर्यआर्जन गर्नु पर्ने र महिला दिदी बहिनी तथा सहकारीले उत्पादन गरेका बस्तु तथा सेवाहरुको बजारीकरणमा आफू र नगरपालिकाको साथ सहयोग रहने कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।
उहाँले भन्नु भयो शुभबिहानीले आफ्ना शेयर सदस्यहरुका लागि राम्रो तालिमहरु सञ्चालन गरेर आफूलाई नमूना सहकारीको रुपमा विकास गर्दै अगाडि वढेको कुरा बताउदै महिला दिदीबहिनीहरुले आम्दानीको बाटो निरन्तर बनाउन सके मात्रै गुणस्तरीय जीवन जिउन सक्ने कुरा बताउनु भयो ।
जसले गर्दा सहकारीमा बचत गर्ने बानीको विकास हुन्छ भने अर्को तर्फ सहकारी सञ्चालनमा समेत सहजता आउने कुरा बताउनु भयो ।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्य, सहकारीका सल्लाहकार सदस्य सीता डुम्रे,प्रशिक्षक माया खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सहकारी संस्थाका ४० जना महिलाहरुको सहभागीता रहेको तालिम १ हप्ता सम्म सञ्चालन हुने र त्यसको सहजिकरण माया खत्रीले गर्नु हुने छ ।
शुभबिहानी महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बोला पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सहसचिव चित्रकला पाण्डेले र कार्यक्रमको सञ्चालन सचिव कला बस्यालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…