जनताको दैनिकीलाई सहज बनाउने अभियानमा छौं : नगर प्रमुख भट्टराई
टिकाराम अधिकारी/गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले पालिकाको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगिएको बताउनु भयो । उहाँले भन्नुभयो,“जनताको सुख दुःखमा सधै साथमा हुने र जनताको दैनिकीलाई सहज बनाउने अभियानमा निरन्तर लागि परेका छौं ।”
बिहिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ६ पिढीखोलामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा शिविरको उद्घाटन गर्दै नगरप्रमुख भट्टराईले नागरिकको हित नै आफूहरुको सर्वाेपरी पक्ष भएको बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो, “दुरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने र उपचारका लागि गल्याङ नगर सदरमुकाम सम्म जान आउन नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँच सम्म पुग्न नसक्नेहरुका लागि सहज रुपमा सेवा पु¥याउने उदेश्यले शिविरको आयोजना गरिएको हो ।”
सामान्य योजनाका लागि उपभोक्ताले झेल्नु परेको समस्याहरुको बारेमा विगतका दिनमा गुनासाहरु आएकाले टोल बस्तीहरुमा यस्ता कार्यक्रम सञ्चालन गर्न शुरु गरेको प्रमुख भट्टराईको भनाई छ ।
नगरपालिकाले प्रदान गर्ने सबैखाले सेवा जनताले आफ्नो घरआगनमा पाउँदा खुशी भएको बताउदै भोलिका दिनमा जनताको जीवन स्तरवृद्वि गर्ने पक्षमा आफू लागेको स्पष्ट पार्नु भयो ।

शिविरमा योजना सम्झौता देखि लिएर बैंक खाता खोल्ने, स्वास्थ्य उपचार ,विउविजन लगायत नगरपालिकाले प्रदान गर्ने सेवा स्थानीयले गाँउ मै पाएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले भन्नु भयो, “जनताले अपेक्षा गरेअनुरुपको सेवालाई जनताका माझ पु¥याउने अभियानमा हामीहरु लागेको छौं ।”
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाले पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन गरेकोमा नागरिक अत्यन्तै खुशी पाएको बताउनु भयो । उहाँले भन्नु भयो योजना सम्झौताका लागि सदरमुकाम गल्याङ जानु पर्ने र सामान्य समस्या आए फेरि वडामै फर्किनु पर्ने र उपभोक्ताले सास्ती भोग्नु पर्ने समस्याको समाधानमा समेत ठूलो टेवा पुगेको छ ।
स्वास्थ्य शिविरमा डाक्टर विश्वराज श्रेष्ठ, दुर्गा प्रसाद भट्टराई, लक्ष्मी न्यौपाने, गोमा सारु, नर्स अनु राना, विर्सना थापा,स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलीको नेतृत्वमा गएको टोलीले बिभिन्न रोगहरुको चेकजाच तथा निःशुल्क ओषधी वितरण गरिएको थियो ।
शिविरमा ३ सय ६० जनाले सेवा लिएकाछन् ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दिप गुरुङ (छिरिङ)ले आफ्नो वडाभित्रका नागरिकलाई वडामै सेवा सुविधा उपलब्ध गराउन आउदा खशी लागेको बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


