चापाकोट ३ मा कसैको पनि छैन वरावर मत तर कसरी फैलियो अफवाह ।
वालिङ,मङ्सिर १९ गते ।
विवादका विच गएको शनिवार स्याङ्जा २ को मतगणना सम्पन्न भएको छ । मतगणनाका क्रममा सवैभन्दा चर्चामा आएको वडा हो चापाकोट नगरपालिकाको वडा नं.३, यो वडामा संघ र प्रदेशका उमेद्वारहरुको मत बराबर आएको भन्दै निक्कै चर्चा भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुशार सो वडामा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)की उमेद्वार पद्माकुमारी अर्यालको १०३ र नेपाली कांग्रेसका धनराज गुरुङको १४२६ मत आएको थियो । यस्तै प्रदेश सभा तर्फ एमालेका बुद्धिमान् श्रेष्ठको १४८ र कांग्रेसका महेश भट्टराईको १३७४ मत आएको छ ।
मतगणनाका क्रममा सार्वजनिक भएको विवरणमा पदमा र धनराजको समान १४२६ र एमालेका श्रेष्ठ र कांग्रेसका भट्टराईको पनि समान १०३ मत आएको उल्लेख थियो ।
सामाजिक सञ्जाल र राष्ट्रिय स्तरको मिडियाहरुमा समेत चर्चामा आएको सो वडामा समान भने कसैको नआएको पाईएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र शर्मा भन्नुहुन्छ,‘सो वडामा बराबर मत कसैको पनि आएको छैन कसरी बाहिर चर्चामा आयो थाहा भएन ।’ मतगणनामा बसेका दलका प्रतिनिधिहरुले गलत विवरण बाहिर पठाउदा यस्तो अफवाह फैलिएको हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।
सो वडाको मतका बारेमा चर्चा आउनासाथ एमालेकी सचिव समेत रहेकी उमेद्वार पद्मा अर्यालले समेत सामाजिक सञ्जाल मार्फत बराबर मत आएको भन्दै स्टाटस लेख्नु भएको थियो ।
चापाकोटका ४ वटा बुथ कव्जा गरी कांग्रेसले एकलौटी गरेको भन्दै एमालेले पुनः मतदानकोे माग गर्दै आएको थियो । तर निर्वाचन आयोगले मङ्सिर ४ कै मतदानलाई सदर गर्दै मतगणना गर्न निर्देशन दिए पश्चात मतगणना भएको थियो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


