आँधीखोलामा २ लाख ८० हजार माछाका भुरा छाडियो
टिकाराम अधिकारी/गल्याङ :
आँधीखोला जलविद्युत केन्द्रको ड्याममा माछाका भुरा छाडिएको छ । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्यतु केन्द्र मत्य ह्याचरीको संयोजकत्वमा विभिन्न प्रजातिका २ लाख ८० हजार माछाका भुरा छाडिएको हो । गर्दि, हाडे, ठेड जातका घुरा छाडिएको केन्द्रले जनाएको छ । गल्याङ नगरपालिका वडा नं. ३ स्थित बुटवल पावर कम्पनी ड्याम साईड आँधीखोला क्षेत्रमा गर्दि ८० हजार, हाडे १ लाख र ठेड १ लाख गरी २ लाख ८० हजार माछाका भुरा छाडिएको हो । केन्द्रले हरेक वर्ष माछाका भुरा आँधीखोलामा छाड्दै आएको छ ।
कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले पछिल्लो समय आँधीखोलामा स्थानीय जातका माछाहरु लोप हुँदै गएको भन्दै यहाँको रैथाने माछा संरक्षण गर्दै माछा मारेर नै जीविकोपार्जन गर्दै आएका समुदायलाई समेत मध्यनजर गरेर गल्याङ नगरपालिका अगाडि बढ्ने र जलचर संरक्षणमा लागेको बताउनु भयो ।
माछा मारेर जीविको पार्जन गर्ने बोटे र माझीहरुको परम्परागत पेशाको समेत संरक्षण हुने र माछा मारेर विक्रीबाट राम्रो आम्दानीको हात पार्न सकिने र अन्य नदीको तुलनामा आँधीखोलामा माछाको स्वादनै भिन्नै हुने कुरा बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले ड्यामा कालीगण्डकी केन्द्रले हरेक वर्ष माछामा भुरा छाड्दै आएको भन्दै अवैध रुपमा जलचर तथा माछा मार्ने कार्यलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै गल्याङ ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्राईले केन्द्रले हरेक वर्ष माछाका भुरा छाड्दै आएको र छाडिएको माछाको संरक्षण गर्न आवश्यक रहेकाले यसको संरक्षण स्थानीय पालिकाले गर्नुपर्ने र आँफु वडाको तर्फबाट हुने संरक्षणका कार्य गर्ने स्पष्ट पार्नु भयो ।
आँधीखोला जलविद्युत केन्द्रका प्रमुख डोलप्रसाद खरेलले भन्नु भया,‘नदी सबैको सार्वजनिक सम्पत्ती भएको र यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्छ ।’
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र मत्स्य हेचरीका सिभिल फोरम्यान डोलराज न्यौपानेले माछाले पर्यावरणलाई समेत सन्तुलन राख्ने भएकाले सबैले जलचरको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र प्रमुख अनन्त उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जल विद्युत केन्द्रका बरिष्ठ सहायक ठाकुर प्रसाद पाण्डेले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


