वालिङ नगरपालिकाले अनुदानमा उन्नत जातको गंहुको विउ र घाँस वितरण

मणि प्रसाद अर्याल,
वालिङ :
वालिङ । वालिङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गंहुको विउ र घाँस ७० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
नगरपालिका भित्रका किसानहरुलाई गंहु उत्पादन वृद्धि गर्ने उदेस्यले उन्नत जातको गहु ५० प्रतिशत र घाँस ७० प्रतिशत अनुदानमा वितरण गरिएकोे नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।त्यस्तै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले उत्पादनमा वृद्धि संगै कृषकहरुलाइ हौसला प्रदान गनर्का लागि नगरपालिकाले गंहु र घाँस वितरण गरिएको जानकारी दिनुभयो ।
कृषकहरुको जिवन स्तर सुधार गर्न उब्जनी बनाउन उन्नत जातको गुणस्तरिय गहुको विउ वितरण गर्न थालिएको वालिङ नगरपालिका कृषि शाखा प्रमुख सुवास अर्याल जानकारी दिनु भएको छ ।
कृषि शाखाले गौतमको उन्नत जातको गहु ६ टन , जै घाँस २ टन र वर्सिम घाँस १ कुइन्टल वितरण गरिएको जानकारी गराएको छ ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…