पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना नलागेपछि वालिङका किसान चिन्तित
स्याङ्जा : पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना (बाला) नलागेपछि स्याङ्जाकाे वालिङका किसान चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ हुल्काङका किसानले यस वर्ष लगाएका उन्नत जातको धान ‘यूएस ३१२’ मा दाना नलागेको हो ।
राम्रो फल्ने भन्दै एग्रोभेटबाट बिउ ल्याएर रोपेको धानमा दाना नलागेपछि किसान चिन्तित बनेका हुन् । यसअघि स्थानीय जानको धान लगाउँदै आएका यस क्षेत्रका किसानले धेरै फल्ने आशमा यसपालि ‘यूएस ३१२’ धान रोपेका थिए ।
किसानले १७ रोपनी खेतमा लगाएको धानमा दाना नै लागेको छैन । अन्य जातका तुलनामा दोब्बर फल्ने र हावाहुरीमा पनि बाेट नढल्ने भन्दै आफूहरूले त्याे धान लगाएको किसान घनश्याम डुम्रेले बताउनुभयाे ।उहाँले चार रोपनी खेतमा त्याे धान लगाउनुभएको छ । यस्तै रामप्रसाद डुम्रेको तीन रोपनी, टेकप्रसाद डुम्रेको सात रोपनी र धनमाया डुम्रेको तीन रोपनी खेतमा लगाइएको धानमा दाना नलागेको हो । परालमात्रै भए पनि काटेर सुकाएकाे र अब वर्षभरि कसरी गुजारा गर्ने भन्ने चिन्ता बढेकाे धनमाया डुम्रेले गुनासाे गर्नुभयाे ।

वालिङ नगरपालिका कृषि शाखाका प्राविधिक केशबहादुर थापाका अनुसार ‘यूएस ३१२’ जातको धान उपल्लो भेगमा फल्दैन । याे जातकाे धानले तराई, भित्री मधेस, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिने उहाँले बताउनुभयाे । समुद्री सतहबाट सात सय मिटरको उचाइसम्म राम्रो फल दिने याे जातको धान अग्लो ठाँउमा लगाइएका कारण नफलेको हुन सक्ने उहाँले बताउनुभयाे ।
ढिलो धान रोप्नु र लगातार पानी परेका कारण धानमा दाना नलागेको थापाको भनाइ छ । धानमा दाना नलाग्नुको अन्य कारणबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

कुन ठाँउमा कुन धान लगाउने भन्ने ज्ञानको अभावमा किसान मर्कामा परेको वालिङ वडा नम्बर १४ का अध्यक्ष बोधराज कुँवरले जानकारी दिनुभयो । मारमा परेका किसानलाई आवश्यक राहत उपलब्ध गराउनका लागि धानको बिउ बेच्ने एग्रोभेट तथा सरकारी निकायसँग समन्वयको काम भइरहेको उहाँले बताउनुभयाे । वडाध्यक्ष कुँवरसहितको प्राविधिक टोलीले किसानकाे खेतमै नै गएर नमुना सङ्कलन गरिसकेको छ ।

समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


