एमालेको घोषणापत्रमा : खेतबारीमा पानी, खाडीमा हैन स्वदेशमै जवानी र ५ लाखलाई रोजगारी
काठमाण्डौ : नेकपा एमालेले मङ्गलवार सार्वजनिक गरेको आफ्नो चुनावी घोषणापत्रमा युवालाई खाडीमा नभई देशमै रोजगारी सृजनाको ग्यारेण्टी गरेको छ ।
‘२० ग्यारेण्टी पाँच वर्ष एमालेले गर्छ’ भन्दै घोषणा पत्रमा खेतबारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी भनेर उल्लेख गरेको छ । यस्तै घोषणा पत्रमा प्रत्येक वर्ष ५ लाख रोजगारी सृजना गर्ने र न्यूनतम ज्याला २५ हजार पुर्याउने ग्यारेण्टी पनि गरिएको छ ।
काम रोजगारी र सामाजिक सुरक्षाको प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइ सुनिश्चित गरिने र रोजगारी सृजना हुने क्षेत्रमा राज्यको लगानी बढाउने घोषणापत्रमा उल्लेख छ ।
रोजगारी र उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि सीप, पुँजी र व्यावसायिक तालिम दिनेदेखि सुरुवाती व्यवसाय गर्न बिउ पुँजी उपलब्ध गराउने कुरा पनि एमालेले उल्लेख गरेको छ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सृजना गरिने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आयआर्जनमार्फत खाद्य सुरक्षा प्रदान गर्ने ग्यारेण्टी पनि घोषणापत्रमा गरिएको छ ।
नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्गलवार आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । २० ग्यारेण्टीसहित घोषणापत्र ल्याइएको छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


