स्याङजा : बिबाद मिलेपछि चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान शुरु ।
वालिङ, मङ्सिर ४ गते ।
स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान केही बेर अगाडिबाट शुरु भएको छ ।
दलिय प्रनिधिको बिषयमा विवाद बढेपछि मतदानमा ढिलाई भएको थियो । प्रतिनिधिहरुको सम्वन्धमा सर्वदलिय बैठक मार्फत सहमती गरिएपछि निर्वाचन शुरु भएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
एक दलका नेता अर्का दल वा स्वतन्त्र उमेद्वारका प्रतिनिधि बनेर मतदान केन्द्रमा आएको भन्दै विवाद भएको थियो ।
यो मतदान केन्द्रमा मतदान शुरु भए पछि जिल्लाका १९९ मतदान स्थलका ३२१ मतदान केन्द्रमा नै मतदान शान्त रुपमा भईरहेको छ ।
प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता रहेकाछन् । २०७९ मसिंर ३ गते सम्म १८ बर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिहरुले मतदान गर्न पाउनेछन् ।
स्याङ्जा क्षेत्र नम्वर १ मा एक लाख २७ हजार चार सय ११ जना र क्षेत्र नम्वर २ मा एक लाख १६ हजार छ सय ७८ जना मतदाता रहेकाछन् ।
क्षेत्र नम्वर १ (क) मा ६२ हजारपाँच सय ५७ जना र (ख) मा ६४ हजार ८ सय ५४ जना मतादाता रहेकाछन् । त्यस्तै क्षेत्र नम्वर २ (क) मा (५४) हजार एक सय ९१ र (ख) मा ६२ हजार चार सय ८७ जना मतदाता रहेकाछन् ।
तस्बिर सौजन्य : भुवन भण्डारी चापाकोट
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…