स्याङ्जा क्षेत्र नं. १ मा अग्रता बढाउँदै कांग्रेसका थापा
स्याङ्जा, मङ्सिर ६ गते । मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानुभएको छ । थापाले ११४८ मतले अग्रता लिनुभएको हो । थापाले ५२२९ मत ल्याउनु भएकाे छ । नेकपा एमालेका नारायण मरासिनीले ४०८६ मत प्राप्त गर्दै थापालाई पछ्याइरहनुभएको छ ।
पुलतीबजार नगरपालिकाका सात वडाको मतगणनामा तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ८१४ मत हात पार्नुभएको छ ।
यस्तै, समानुपातिकमा नेकपा (एमाले) ले दुई हजार ३९८ मत ल्याउँदा नेपाली काँग्रेसले एक हजार ९७१, स्वतन्त्र पार्टीले एक हजार १५ मत ल्याएको छ भने माओवादी केन्द्रले ५७० मत ल्याएको छ ।
यस्तै, प्रदेश सभा कमा सात हजार ७६८ मतगणना गर्दा नेकपा एमालेका सीता सुन्दासले ८१२ मतको अग्रता बनाउनुभएको छ । थापाले दुई हजार २४ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश समानुपातिकमा नेपाली कांग्रेसले दुई हजार २२८ मत ल्याउँदा एमालेले दुई हजार ८२ र माओवादी केन्द्रले २०३ मत ल्याएको छ । यहाँ क्षेत्र नं. १ मा ७१ हजार २७३ मत खसेको छ भने प्रदेश (क) मा ३३ हजार १९८ र खमा ३८ हजार ७५ मत खसेको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …