स्याङ्जा–२ मा मतगणना अन्यौल, फर्कियो आयोगको टोली काठमाडौं
वालिङ, मङ्सिर १० गते :
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन ।
मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट मतदाताले प्रदान गरेको मतपेटिका नगरपालिका भित्रको एक कोठामा राखिएको छ । मतपेटिका भित्र थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुगेपछि मतगणना अलपत्र परेको बत्ताइएको छ।
चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दल अहिले सडकमा धर्ना दिइरहेका छन् ।
चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।
यसैबीच, निर्वाचन आयोगले गठन गरेको छानबिन टोली स्थलगत अवलोकन तथा छलफलपछि शनिबार काठमाडौं फर्किएको छ । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनैतिक दललगायतसँग छलफल गरेको थियो । टोलीलाई तीन दिन भित्र अर्थात् मङ्सिर १२ भित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ ।
क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले आयोगको टोली काठमाडौं फर्किएको बताउनुहुँदै भन्नुभयो, ‘अब टोलीले दिने प्रतिवेदनका आधारमा आयोगले निर्णय गर्ने र हामीलाई त्यही अनुसार निर्देशन प्राप्त हुनेछ, हामी त्यसकै प्रतीक्षामा छौँ ।’
आयोगको टोली शुक्रबार दिउँसो वालिङ पुगेको थियो । सुरक्षा संयन्त्रले दिएको प्रतिवेदन र सूचनाका आधारमा टोलीलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रशासनका अनुसार ती सबै बुथमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


