स्याङ्जा-१ को प्रदेश सभा (क) मा एमालेका सुन्दास विजयी

sita sundas syangja-1- ka

स्याङ्जा मङ्सिर ८ गते ।
स्याङ्जा क्षेत्र नं १ को प्रदेश सभा (क) मा एमालेका सीता सुन्दास विजयी बन्नुभएको छ । सुन्दासले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अमृता थापा मगरलाई एक हजार चार सय २४ मतान्तरले पराजित गर्नुभएको हो ।
१४ हजार ६९० मत ल्याएर विजयी हुनु भएको हो भने अमृताले १३ हजार २६६ मत ल्याउनु भयो ।
माओवादीकी अमृता थापा २ पटक संघीय सांसद भईसक्नु भएको छ ।
यसैबीच निर्वाचन क्षेत्र १ (क) को मतगणना शुरु भएको छ । जसमा नेपाली काँग्रेसका कुमार रानाले अग्रता लिनु भएको छ ।
कुमार रानाले दुई हजार ५ सय १४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका सुधिर कुमार पौडेलले दुई हजार ३६ मत ल्याउनु भएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP