समाजवादीका भट्टराईले पारे उमेद्वारी निस्कृय,काँग्रेसका भोजराज अर्याललाई सहज ।
वालिङ, कात्तिक २३ गते ।
काँग्रेसका भोजराज अर्याललाई समर्थन गर्दै नेकपा एकिकृत (समाजवादी)का रामचन्द्र भट्टराई (आर सी) ले आफ्नो उमेद्वारी निस्कृय पार्नु भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको लागि स्याङ्जा २ (क)बाट उमेद्वारी दिनु भएका भट्टराईले काँग्रेसका अर्याललाई समर्थन गर्दै उमेद्वारी निस्कृय पार्नु भएको हो ।
बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेकपा एकिकृत (सामाजवादी)का लागि सो क्षेत्र परेको थियो तर काँग्रेसका भोजराज अर्यालको समेत सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उमेद्वारी दिए पछि अन्योलता छाएको थियो ।
भट्टराईले निकाल्नु भएको बिज्ञप्तीमा भनिएको छ, ‘मेरो उमेद्वारी रहेको क्षेत्रका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको राय र सुझाव एवम् पार्टीका श्रद्धेय केन्द्रिय अध्यक्षको निर्देशन बमोजिम मेरो उमेद्वारीलाई आजैका मितिदेखि निस्कृय पारेको घोषणा गर्दछु ।’
भट्टराईले निकाल्नु भएको बिज्ञप्तीमा गठबन्धनका तर्फबाट काँग्रेसका उमेद्वार भोजराज अर्याललाई सहयोग पुग्ने गरी उमेद्वारी निस्कृय पारेको समाजवादीले जनाएको छ ।
भट्टराईको उमेद्वारी निस्कृय भएसँग गठबन्धन अन्तर्गत काँग्रेसका उमेद्वार भोजराज अर्याललाई सहज हुने भएको छ । यो क्षेत्रमा नेकपा एकिकृत समाजवादीको राम्रो उपस्थिती रहेको छ ।
एमालेबाट फुटेर बनेको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष भट्टराई जिल्लामा राम्रो पकड भएका नेता मानिनुहुन्छ । स्थानीय स्तर सम्म पुगी भट्टराईको सक्रियतामा गरिएको समाजवादीको संगठन बिस्तारका कारण गठबन्धनका भोजराज अर्यालको जितको लागि निक्कै सहज हुने बताईएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


