आलोपालो गरी ठुला पार्टीले देशलाई खोक्रो बनाए : राप्रपा अध्यक्ष लिङ्देल

स्याङ्जा :
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले देश विगार्ने कि बनाउने बेला आएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा आयोजना गरिएको संघिय निर्वाचन क्षेत्र नम्वर २ को चुनावी सभामा बोल्दै केन्द्रीय अध्यक्ष लिङ्देदले देश बनाउने र विगार्ने मतदाताको हातमा रहेको बताउनुभयो ।
देश बन्छ कि भनेर राणा, राजा फाल्दै गणतन्त्र सम्म आईपुग्दा पनि देशको अवस्था नाजुक भएको धारणा राख्दै अध्यक्ष लिङ्देलले देशलाई बनाउने हो भने मत बदल्ने सोच्ने बेला आएको बताउनुभयो ।
काँग्रेस र कम्युनिष्टले ३० बर्ष भन्दा बढी मुलुकको शासन चलाउदा देश र नागरिकले के नयाँ सन्देश पाए भन्ने समिक्षा गर्नपर्ने धारणा राख्नुभयो । आगामी मङसिर ४ गतेको निर्वाचन विगतको समिक्षा गर्ने र आगामी भविष्यको मार्ग तयगर्ने महत्वपुर्ण अवसर भएको लिङ्देनको भनाई थियो ।
अझै पनि पुरानै पाटी भनेर मतदान गर्न खोज्यौ भने देश विगार्ने दोशी तपाईहरु पनि भएको ठहर्ने उहाँको भनाई थियो ।
आलोपालो जस्तै गरी देशलाई खोक्रो बनाउने ठुलापार्टीलाई यो पटक मतदान बदलेर हेर्नुपर्ने धारणा लिङ्देनको थियो ।
कार्यक्रममा बलियुडकी चर्चित नायिका मनिषा कोइरालाले ठुला राजनीतिकदलले देशलाई भष्ट्रचारको भुमरीमा डुबाएको आरोप लगाउनुभयो ।
राप्रपाका अध्यक्ष लिङ्देलले भष्ट्रचार बिरोधी अभियान्ता भएकोले आफु राप्रपामा लागेको बताउनुभयो ।
कार्यक्रममा नायिका मनिषा कोइरालाले हजुर बुवा बिपी कोइरालाले सम्झि रहने भएकाले स्याङ्जाको वालिङमा आएको बताउनुभयो । उहाँले देशको बिकास गर्न र देशलाई सुधार्नका लागि राप्रपाको हलोमा मतदान गर्न आग्रह समेत गर्नुभयो ।

 

Facebook Comments Box
TOP