जनतासंग प्रत्यक्ष जोडिएको योजनालाई प्राथामिकता दिन्छु : अर्याल

स्याङ्जा :
स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पद्मा अर्यालले जनतासंग प्रत्यक्ष जोडिएको योजनालाई प्राथामिकता दिने बताउनुभएको छ ।
नेकपा एमालेका केन्द्रिय कमिटि सचिव तथा पुर्व मन्त्री समेत रहनुभएका अर्यालले शनिबार वालिङ १ र ११ नंं. वडाका विभिन्न स्थानहरुमा घरदैलो गर्नुहुँदै हिँजो मन्त्रालयमा हुँदा पनि नागरिकसंग प्रत्यक्ष जोडिएको खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, भौतिक पुर्वाधार विकास, युवा स्वोरोजगार, कृषिलगायतलाई प्राथामिकता दिएको स्मरण गर्दै त्यस्ता योजनाहरुलाई दिर्घकालिन बनाउनका लागी यसपटक पनि फेरि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्याङ्जाका विभिन्न स्थानहरुमा नागरिकसंग जोडिएका योजनाहरु हिजो पनि ल्याएको हुँ । ति योजनालाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नागरिकले चाहानुभएका अपुग कार्यहरु, अधुरा कार्यहरुलाई पुरा गर्न फेरि पनि यहाँहरुको साथ र सहयोग आवश्यक छ ।” नागरिकले महशुस गर्ने खालका योजनाहरु आगामी दिनमा पनि निरन्तरता दिने भन्दै जिल्लाको विकासका लागी छुट्याईएका बजेट गठबन्धनको सरकार आएपछि कटौती गरिदिएको भन्दै विकास र समृद्धिका लागी एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा क प्रत्यक्ष उम्मेदवार मोहन रेग्मी, समानुपातिक उम्मेदवार हुमबहादुर गुरुङ, प्रदेश कमिटि सदस्य उदय श्रेष्ठ, जिल्ला सदस्य पुण्यप्रसाद अर्याल, नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेल, सचिव यमकान्त खनाललगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
३ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…