आफुबाट सम्पत्तिको छानविन सुरु गर्न काङ्ग्रेस उम्मेद्वार धनराज गुरुङको आग्रह

गल्याङ ।
स्याङ्जाको गल्याङबजारमा नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ । उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो । स्याङ्जाको गल्याङबजारमा गरिएको चुनावी घरदैलो तथा कोणसभामा उहाँले भ्रष्ट प्रबृत्ति नै विकासको बाधक भएकाले यसको अन्त्यका लागि आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । आफु कुनै पार्टीको विरोधी नभएको भन्दै उहाँले अहिलेको मुख्य सत्रु भ्रष्ट्राचार, गरिबी र बेरोजगारी रहेको बताउनुभयो । गुरुङ्ले भन्नुभयो –‘हामी भन्दा पछाडि रहेका देशहरु अहिले धेरै अगाडि पुगिसके । हाम्रोमा भ्रष्ट प्रबृत्तिले सम्मुनति हुन दिएन । त्यसैले एमालेका साथीहरुलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।’
२०३६ साल देखि राजनीति गरिरहेको भन्दै उहाँले आफु अहिले पनि काठमाडौंमा डेरामा बस्ने गरेको बताउनुभयो ।
दलहरुमा रहेको भ्रष्ट प्रबृत्तिको अन्त्य आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै त्यसपछि विकास निर्माणका कामहरु क्रमशः हुँदै जाने बताउनुभयो । गुरुङले स्थानीय स्तरमा भएका समस्याहरु समाधान गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…