समानुपातिकतर्फ माओवादीले फेरि उछिन्यो घन्टीलाई ।
काठमाण्डौ:
प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) को उछिनपाछिन चलिरहेको छ। प्राप्त पछिल्लो मत परिणाममा माओवादी केन्द्र केही सय मतले घन्टी चिन्ह भएको रास्वपाभन्दा अघि लागेको छ।
९३ लाख ८ हजार १६४ मत सदर हुँदा माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ अर्थात् ११.४३ प्रतिशत मत पाएको छ। रास्वपाले १० लाख ६३ हजार ८३१ अर्थात् ११.४२ प्रतिशत मत पाएको छ।
अहिलेसम्म पहिलो स्थानमा नेकपा (एमाले) छ। एमालेले २५ लाख ३४ हजार ४४४ अर्थात् २७.२२ प्रतिशत मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३०७ मत पाएको छ। कांग्रेसको मत २५.७८ प्रतिशत छ।
पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६९० अर्थात् ५.८६ प्रतिशत मत पाएको छ। छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ४१८ अर्थात् ३.५ प्रतिशत मत पाएको छ। सातौं र आठौं स्थानमा रहेका जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) भने तीन प्रतिशतको थ्रेस होल्डमा पुग्न संघर्षरत छन्। अहिलेसम्म जनमत पार्टीले २ लाख ६२ हजार ८२६ अर्थात् २.८२ प्रतिशत मत पाएको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार १५५ अर्थात् २.७० प्रतिशत मत पाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


