सत्तारुढ गठबन्धन सातुको डल्लो हो : एमाले अध्यक्ष ओली ।
कात्तिक २१ गते ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन सातुको डल्लो भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ यो सत्तारुढ सातुको गठबन्धनलाई परमादेशको पानीले जोडिदिएको छ, जुन सहजै छुटिने स्पष्ट छ ।’
नेकपा एमाले स्याङ्जाले पुतलीबजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन भएको बताउनु भयो ।
गठबन्धनका नेताहरु स्वार्थका खेलाडी भएको अध्यक्ष ओलीको आरोप छ । एमाले सरकारले बिगतमा निक्कै राम्रा काम गरेको भन्दै ओलीले फेरी पनि मंसिर ४ गते पछि एमालेको सरकार बन्ने दावी गर्नुभयो ।

यसपटकको चुनाव मुलकलाई उज्यालो र अध्यारो तर्फ लैजानको लागि महत्वपूर्ण भूमिका रहन्छ ओलीले भन्नुभयो,‘ एमाले सरकारले मात्रै देशमा संमृद्धि ल्याउन सक्छ ।’
ओलीले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उहाँले भन्नुभयो, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थाल्नु भएछ ।
ओलीले २०४२ सालमा स्याङजाको जेलमा बसेको स्मरण गर्दै स्याङ्जाका दुवै क्षेत्रमा एमालले जित्ने बिश्वास व्यक्त गर्नु भयो ।
सभामा संघिय निर्वाचनका लागि एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ का उमेद्वार नारायण मरासिनी र क्षेत्र नम्बर २ का पद्मा कुमारी अर्याल लगायतले सम्वोधन गरेका थिए ।





समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


