नेकपा एमाले स्याङ्जाका जिल्ला सदस्य एबं महिला नेतृ राना काँग्रेसमा प्रवेश ।
चापाकोट :
नेकपा एमाले स्याङ्जाको जिल्ला कमिटि सदस्य जिता राना मगर नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।
नेपाली काँग्रेसले आज चापाकोटमा आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा नेकपा चापाकोट नगरपालिका ६ का वडा कमिटी इन्चार्ज समेत रहनु भएकी एमालेको जिल्ला सदस्य जिता राना काँग्रेसमा प्रवेश गर्नुभएको काँग्रेस चापाकोट नगरपालिकाका सभापति विक्रम सारुले जानकारी दिनुभयो ।
रानालाई नेपाली काँग्रेसका उपसभापति एबं क्षेत्र नम्वर २ का उमेद्वार धनराज गुरुङले रानालाई पार्टीमा प्रवेश गराउनु भएको हो ।
काँग्रेसले मात्रै देशमा संमृद्धि ल्याउन सक्ने भन्दै आफू काँग्रेस प्रवेश गरेको रानाको भनाई छ । चापाकोटमा काँग्रेसले धेरै राम्रा काम गरेको तर प्रचार प्रसार कम भएको रानाको भनाई छ । उहाँले भन्नुभयो काँग्रेस कै नेतृत्वमा राम्रो प्रगती भएकाले आफूले काँग्रेस रोजेको रानाले बताउनु भयो ।राना सहित केही व्यक्तिहरु काँग्रेस प्रवेश गरेको सभापति सारुले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


