गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त
कास्की :
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ ।
पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि समानुपातिकतर्फबाट सांसद बनेका खड्का अहिलेको चुनावमा पनि उम्मेवारको आकाङ्क्षी हुनुहुन्थ्यो तर पार्टीले विन्दुकुमार थापालाई टिकट दिएको छ । टिकट नपाएपछि खड्काले आफ्नै पार्टीका थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै मुख्यमन्त्रीले मन्त्रीबाटै बर्खास्त गर्नुभएको हो ।
खड्का २०७८ साउन ८ गते मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


