मेयर भट्टराईको प्रयासले सुधारियो गल्याङ नगर अस्पताल ।
गल्याङ:
स्याङ्जा लामो समय देखि अस्तब्यस्त देखिएको स्याङ्जाको पश्चिम क्षेत्रको प्रतिष्ठित अस्पताल गल्याङ नगर अस्पताल हाल बिगत ३ महिना यता अस्तब्यस्त देखिदैन यसको प्रमुख कारण हुन बर्तमान मेयर गुरु प्रसाद भट्टराई । बिगतका बर्षहरुमा भएको अनियमिततालाई उनी आएपछि हुन दिएका छैनन। अस्पताललाई गल्याङ नगरपालिकाले बार्षिक ७२ लाख रुपैया रकम खर्चिरहेको थियो भने अहिले यहाँ कार्यरत कर्मचारीहरुलाई समेत तलब खुवाउन पनि अस्पताल आफै सक्षम बनेको छ।
उचित ब्यबस्थापन सङ्गै अस्पतालको आफ्नै कमाइबाट प्रशासनिक र अन्य खर्च समेत पुर्ती भएपछि नगरपालिकाको लागत घटेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख गुरु प्रसाद भट्टराई राती बिहान जतिबेला पनि अनुगमनका लागि आउने तथा मन्त्रालय र बिभाग बाट समेत सामान उपकरणहरु ल्याउनुभएको औषधि खरिद प्रक्रिया अहिलेबाट ठेक्का प्रक्रिया बाट खरिद गरिएको तथा मेयरको निरन्तरको अनुगमन र निरीक्षण का कारण सम्भव भएको अस्पतालका प्रशासन प्रमुख गुणेन्द्र रानाले जानकारी दिनुभएको छ।
“म बेडमा थिए मेयरसाप आउनुभयो र त्यहाँ भर्याङ मुनि फोहोरहरु थुप्रीएको देखेर खोइ कुचो ल्याउनु त बढार्छु भन्दा सबैजना लागेर उत्तिखेरै सफा भो हामिले हाम्रो लागि नै हुने मेयर पाएका रैछौ” एक बिरामिले भने । मेयर भट्टराई दिनमा मात्रै नभएर राती पनि अस्पताल अनुगमन आउने गरेको र कुनै कुरामा पनि कमि हुन नदिने गरेको अस्पतालमा कार्यरत डाक्टर निरन्जन चौधरिले बताउनुभएको छ। १० वटा अक्सिजन बेड र १५ सैयाको अस्पतालले ओपिडी,ईमर्जेन्सी सेवा,एक्सरे,भिडियो एक्सरे,फार्मेसी सेवा,मात्री सुरक्षा कार्यक्रम,स्वास्थ्य बिमा र नगरपालिकाले निशुल्क बिरतण गर्ने औषधि सेवा जस्ता सेवाहरु प्रदान गर्नुका साथै निकट दिनमै बर्थिङ सेन्टर समेत सुरु गरिने प्रशासन प्रमुख गुणेन्द्र रानाले जानकारी दिनुभयो।
हाल यस अस्पतालमा प्रशासन प्रमुख थानापती न्यौपाने लाई नगरपालिकामै सारी नगरपालिकाका पुर्व स्वास्थ्य शाखा प्रमुख गुणेन्द्र रानालाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ। यस अस्पताल बाट नगरपालिका भित्रका मात्र नभै आसपासका पालिकाहरु र छिमेकी जिल्ला पाल्पाको रम्भा गाउपालिकाका सेवाग्राहीहरुले समेत सेवा लिने गरेका छन।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


