१५१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

काठमाण्डाै :  प्रतिनिधि सभाकाे १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५१ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस ५१, एमाले ३९, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ७/७ ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ ठाउँमा जित हासिल गरेका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP