भ्रष्टाचारको दलदलबाट निकाल्न नेपाली काँग्रेसलाई जिताउनुको बिकल्प छैन : गुरुङ ।
स्याङ्जा :
स्याङ्जा क्षेत्र नं. २ नेपाली कांगे्रसका उम्मेदवार धनराज गुरुङले युवाहरुलाई स्वदेशमै रोजगार सृजना गरी विदेशीने बाध्यताको न्युनिकरण गर्ने बताउनुभएको छ ।
शनिबार गल्याङ ६ र ७ को छविसे, पटकाङ, कल्लेरीलगायतका स्थानहरुमा गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी केन्द्रिय उपसभापति समेत रहनुभएका गुरुङले नेपालीहरु विदेशीनु आ–आफ्नो बाध्यता रहेको भन्दै आफ्नै गाउँठाउँमा स्वरोजगारको सृजना गरी युवा पलायन रोक्न कांगे्रसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । युवा स्वरोजगारले नै देशलाई आत्मनिर्भर बनाउने भन्दै मुलुकबाटै बेथिति र भ्रष्टाचारको अन्त्य हुुनु आवश्यक रहेको बताउनुभयो ।
नेपाल भ्रष्टाचारको दलदलमा फसेको भन्दै त्यस दलदल बाट निकाल्नको आउँदो मंसिर ४ गतेको चुनावमा नेपाली काँग्रेस पार्टीलाई जिताउनुको बिकल्प नरहेको बताउनुभयो । उहाँले गल्याङ ६ मा लिफ्टिङ गरेर खानेपानी समस्याको समाधान गर्ने, बाँयटारी सेतिवेणि सडक कालोपत्रे गर्ने लगायतका योजनाहरुलाई प्राथामिकता दिने बताउनुभयो । नागरिकका प्रत्येक आधारभुत आवश्यकता पुरा गर्न आफँु प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश क का प्रदेश सभा उम्मेदवार भोजराज अर्यालले नेपाली राजनितिमा होमिदा नागरिकको दुखसुखमा साथि बनेर काम गर्ने प्रण लिएको बताउनुभयो । देशमा व्याप्त रहेको गलत राजनिती परिपाटीको अन्त्य गर्न आवश्यक रहेकाले नेपाली काँग्रेस पार्टीलाई मंसिर ४मा भोट दिन सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार कल्पना तिवारी, सरस्वति तिवारी, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राईलगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


