नमुना स्याङजाको रुपमा अगाडि बढाउनका लागी स्याङजाबासिको साथ आवश्यक : धनराज गुरुङ
स्याङजा :
स्याङजा क्षेत्र नं २ का प्रतिनिधी सभा उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङले समग्र स्याङजाको बिकासमा हामी सबै एकजुट भएर लाग्न आवश्य रहेको बताउनुभएको छ । सोमबार स्याङजाको चापाकोट नगरपालिकाको १ र १० का विभिन्न स्थानमा गरिएको जनता भेटघाट तथा घरदैलो अभियानमा उहाँले यस्तो बताउनुभएको हो । कृषि तथा पर्यटनको क्षेत्रमा लगानी गरेर स्याङजालाई अबको ५ वर्षमा नमुना स्याङजाको नामले परिचित बनाई अगाडि बढाउनको लागी सम्पुर्ण स्याङजाबासीको साथ आवश्यक रहेकाले साथमा साथ हातमा हात मिलाउन आग्रह गर्नुभयो ।

उहाँले चापाकोट जिल्लाकै समथर भुभाग र कृषिमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई सिधै आधुनिक कृषि प्रणाली तथा व्यवसायिक कृषि प्रणालीमा जोडेर चापाकोटको बिकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले नागरिकका दुख सुखमा नागरिक संगै रहेर चापाकोट लगाएत समग्र स्याङजाको बिकासमा आफँु कटिबद्ध रहेको बताउनुभयो । रोजगार सिर्जाना गरि युवाहरुलाई देशमै रोजगारी दिने तथा भ्रष्टाचारको अन्त्य गरी समृद्ध नेपाल बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले नागरिकका गुनासालाई सम्बोधन गर्दै फेरी पनि नेपाली काँग्रेस पार्टीको बहुमतको सरकार आओस भन्ने खालका काम गर्ने बताउनुभयो । अब मंसिर ४ पछि स्याङजाले बिकासमा गति लिने बताउँदै नेपाली काँग्रेसलाई आफ्नो अमुल्य मत दिन आग्रह गर्नुभयो । कार्यक्रममा पुर्व सांसद मोहन पाण्डे, निर्वतमान प्रदेश सांसद नेता भागवत प्रकाश मल्ल, चापाकोट नगरप्रमुख देब बहादुर खाँण (ईश्वर), निर्वतमान नगरप्रमुख शिव कुमार गिरी,समानुपातिक उम्मेदवार कल्पना तिवारी, सुनिता थापा, शेषकान्त पुरी, लगाएतको सहभागिता रहेको थियो । यस्तै प्रदेशसभा (क) का उम्मेदवार भोजराज अर्याल सहितको टोलिले सोमबार वालिङ ५ मा घरदैलो कार्यक्रम गरेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


