अर्जुनचौपारीको सिंगो गाँउ नै काँग्रेस प्रवेश
स्याङ्जा, कार्तिक ३० गते ।
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाको एक गाँउका सबै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
एमालेको आधार क्षेत्रको रुपमा रहेका अर्जुनचौपारी नगरपालिका वडा नं१ थापा थरको एक गाँउ नै काँग्रेस प्रवेश गरेको हो ।
बाम लोकतान्त्रिक गठबन्धनले गरेको चुनाबी सभामा नेकपा (एमाले) को आधारक्षेत्र रहेका सो ठाँउका ५६ जना काँग्रेस प्रवेश गरेका हुन् ।
अघिल्लो पटक जिताएर पठाएका साँसदले आफूहरुलाई सौताको ब्यवहार गरेको भन्दै उनीहरु कााग्रेस प्रवेश गरेका हुन् ।
एमाले निकट महिला संगठनकी जिल्ला सदस्य मैना थापाको नेतृत्वमा उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै अर्जुनचौपारी २ केवरे, वडा नं ३ छाप, वडा नं ६ बजार मारा सहित चार गाउँका ११७ काग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गरेका सबैलाई नेपाली काग्रेसका जिल्ला सभापति एवं क्षेत्र नं १ का उम्मेदवार राजु थापाले पार्टी सदस्यता प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उम्मेदवार थापाले बोलेर होइन गरेर देखाउने भन्दै गठबन्ध्नलाई मतदान गर्न आग्रह गर्नुभयो ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


