युवाहरुको सक्रियतामा हालिएको लिङ्गे पिङले दशैमा रौनक थप्दै ।
स्याङ्जा,
असोज १७ गते ।
दसैं तिहारको अवसर पारेर हालिने लिङ्गे पिङहरू हराउन थालेको भन्दै वालिङका युवाहरुले सक्रियता देखाएकाछन् । वालिङ १० को बिभिन्न टोलमा मात्रै ७ वटा लिंगे पिङहरु हालिएकाछन् । युवाहरुको सक्रियता र वडा कार्यालयको सहयोगमा पिङहरु हालिएका हुन् । संस्कृतिको जगेर्ना गर्ने भन्दै दसैंमा लिंगे पिङ हाल्ने परम्परालाई कायम राखिएको हो । जसको कारण यस क्षेत्रमा दशैको रौनक थपिएको छ ।
यस्तै स्वयंसेवक सञ्जालले पनि वालिङका बिभिन्न १२ स्थानमा लिङ्गे पिङ हालेको छ । सञ्जालले युवाहरुको सक्रियतामा पिङ हालेको सञ्जालनका अधयक्ष गोविन्द गैह्रेले जानकारी दिनुभयो ।
केही वर्ष अघिसम्म विभिन्न गाउँबस्तीमा प्रशस्तै भेटिने लिङ्गे पिङहरू आज भोलि भेटिन छाडेकाछन् । गाँउका बच्चा देखि बृद्ध सम्म रमाउने लिङ्गे पिङ राख्न भने धेरैको चासो कम हुने गएको पाईन्छ तर वालिङमा भने यसको फरक अवस्था रहेको छ ।

वालिङ १० का युवाहरुले बाँस काट्ने, काठ काटे र ठीक्क पारे भने वडा कार्यालयले लिङ्गे पिङ उपलव्ध गरायो जसका कारण युवाहरु उत्सहित हुँदै लिङ्गे पिङ हालेका हुन् । घटस्थापना अगाडि देखि नै तयारी गरेका युवाहरुले सक्रियता पूर्बक टोल टोलमा लिङ्गे पिङ हालेका हुन् ।
स्थानीय युवा गणेश पौडेल भन्नुहुन्छ,‘पछिल्लो समय लिंगे पिङहरू हराउन थाले जसको कारण दशैको महत्व समेत कम भएको जस्तो लाग्यो त्यसैले हामीले लिङ्गे पिङ राख्न सक्रियता देखाएका हौं ।’
युवाहरुको सक्रियतामा नै लिङ्गे पिङ राख्न सफल भएको टोल विकास समितिका संयोजक डण्डापानी पंगेनीले बताउनु भयो । कोरियामा झण्डै दश बर्ष बिताएर स्वदेश आएका पंगेनी भन्नुहुन्छ ‘यो पटकको दशै निक्कै उल्लासमय हुनेछ ।’ पंगेनीका अनुशार बीचको दशैमा आउदा गाँउमा त के नजिक कतै पनि लिङ्गे पिङ नै थिएन ।
गाँउ गाँउका युवाहरुले लिङ्गे पिङ राख्ने र दशैमा रौनक ल्याउने बताएपछि आफूले सहजीकरण गरेको भनाई छ वडा नम्वर १० का वडा अध्यक्ष सुनिल खनालको, उहाँ भन्नुहुन्छ ‘वडाका सात ठाँउमा लिङ्गे पिङ हालेका छौं ।’
केही बर्ष पहिले सम्म युवा युवतीहरूले जंगलबाट खर काटेर ल्याउने गर्थे भने युवा बाँसका लिङ्गे ल्याएर पिङ बनाउने काम गर्थे । पिङले मनोरञ्जनका साथै भाइचारा र संस्कृतिको विकासमा पनि टेवा पु¥याउने काम गर्ने भए पनि उक्त परम्परा हराउँदै गएको महशुुस गर्नुहुन्छ वालिङ १० का ८२ बर्षीय बोधराज पंगेनी, उहाँ भन्नुहुन्छ,‘हामी सानो हुँदा गाँउ टोल जताततै लिङ्गे पिङहरू हुन्थे आज भोली त देख्न नि पाईन छाड्यो ।’

‘सबै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रूपमा रहेका सबै चलन बिस्तारै हराउँदै गएको छ । वालिङ १० का युवा पुस्ताले जस्तै समयमा सबै तिर संरक्षणमा ध्यान दिने हो भने नेपालीका मौलिक परम्परा र संस्कृति लोप भएर नजाने वालिङ नगर उपप्रमुख कविता तिवारी बताउनु हुन्छ ।
अघिल्लो पुस्ताका मानिसका चलन र परम्परालाई नयाँ पुस्ताका युवाले निरन्तरता नदिँदा मौलिक चलनहरू ओझेल पर्नेमात्र नभइ हराउने खतरा रहेको उपप्रमुख तिवारीको भनाई छ ।
स्मार्टसिटिको अवधारणाबाट अगाडि बढेको वालिङ नगरपालिकाले संस्कृति र संस्कारहरुको संरक्षणतर्फ समेत ध्यान दिदै आएको नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो ।
गुलावी सहरको रुपमा परिचित वालिङले चाडपर्वलाई उत्साहजनक बनाउन बिभिन्न क्लव, आमा समूह तथा संघ संस्थासँग मिलेर काम गरिरहेको प्रमुख खाँणको भनाई छ ।
मुलुकमा संघीयता कार्यन्वयनमा आएपछि स्थानीय सरकार, समुदाय र युवा पुस्ताले कला, संस्कृति, परम्परा र चलनको संरक्षण गरी आउने पुस्तामा हस्तान्तरण गर्नु पर्ने पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको भनाई छ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


