मत माग्ने फरक शैली : काम सघाउदै, मत माग्दै

भवानी अधिकारी/स्याङ्जा :
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन २९ दिन मात्र बाँकी छ। स्याङ्जाका २ संघिय र ४ प्रादेशिक सभा निर्वाचनमा यहाँ १३ राजनीतिक दल र स्वतन्त्रगरी ५२ जना चुनावी प्रतिस्पर्धामा छन्। उनीहरुलाई मत माग्नै चटारो छ।
त्यसो त, कात्तिक दिन। हिले दशैं सकिएर राम्रो घाम लागेको छ। खेतमा धान पाकेर पहेंलपुर बनेका छन्। प्राय: किसानका घरमा ढोका लागेका छन्। उनीहरु धान काट्ने र कुन्यु लगाउने चटारोमा छन्।
मानो खाएर मुरी थन्क्याउने बेला। यतिवेला मौसमले पनि साथ दिएको छ। टहटह घाम लागेको छ। प्रायजसो: सबैजना दिनभर खेतमै भेटिन्छन्। बालबालिका र बृद्ध बाहेक बिहानदेखि साँझसम्म उनीहरु खेतमा हुन्छन यतिवेला। यसैको सदुपयोग गर्दै स्याङ्जाका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजु थापा खेतमा पुगेर मत मागेका छन्।
‘पहिला घरमै पुग्छौं, जेष्ठ नागरिकका आर्शिवाद लिन्छौं, त्यसपछि खेतमा पुगेर मत माग्ने गरेका छौं।’ उनले भने। उनी नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन।
राजु थापासंगै प्रदेश १ का उम्मेदवार अमृता थापा पनि संगै छन्। जिल्लामा गठबन्धन हुदाँ यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको छ। उनको जन्मथलो पनि सोही भेगमा पर्छ।
हरिनास गाउँपालिकामा पुगेर उनीहरुले मत मात्र मागेनन् की। धान काट्दै गरेका किसानसंगै धान काटे भने धान बत्ताउदै गरेका किसानसंग धान पनि बत्ताउदै। मत मागे।
उम्मेदवारको यो भोट माग्ने फरकशैली देखेर किसानहरु पनि खुशी र दंग थिए। उनीहरु भन्दैथिए, ‘खेतबारीसम्म आएर मत मागेपछि हाम्रा अवस्था बारेमा पनि चिन्तन होलानी ?’
हुन त, विस २०७४ सालको प्रतिनिधिसभा सदस्यमा पराजित बनेका थापा पटक पटक सो गाउँमा पुगेका छन्। गाउँका अवस्था बारे उनी साक्षात्कार छन्।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…