गरिबी, रोग, भोक, अशिक्षा, बेरोजगारी र भ्रष्टाचार काँग्रेसको शत्रु हुन् : उपसभापति गुरुङ
स्याङजा क्षेत्र नं २ का नेपाली काँग्रेस प्रतिनिधी सभा उम्मेदवार धनराज गुरुङले फरक पार्टी, फरक पार्टीको झण्डा बोक्दैमा, फरक बिचार हुदैमा कोहि पनि हाम्रो शत्रु नहुने कुरा बताउनुभएको छ । उहाँले वास्तवमा हाम्रो शत्रु भनेको गरिबी, रोग, भोक, अशिक्षा, बेरोजगारी तथा भ्रष्टाचार भएको बताउनुभएको छ । चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाउने क्रममा शुक्रबार कालिगण्डकी ६ र ७ का विभिन्न स्थानमा गरिको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताउनुभएको हो । फरक पार्टि र फरक पार्टिको झण्डा बोक्दैमा, फरक विचार हुदैंमा मान्छेको शत्रु मान्छे नै नहुने बताउदै शत्रु गरिबी, रोग, भोक, अशिक्षा, बेरोजगारी तथा भ्रष्टाचार रहेको उहाँको भनाई छ ।
यी सबैका विरुद्ध लडेर देशलाई सहि मार्गमा हिडाउनको लागि नयाँ यात्रा तय गरेकाले त्यसमा नागरिकको पुर्ण साथको अपेक्षा गर्नुभएको छ । आगामि मंसिर ४ गतेको चुनावमा समुन्नत देश निमार्णको लागी आफुँलाई मतदान गरि शुसासनको यात्रालाई शुभयात्रामा परिणत गर्न समेत आग्रह गर्नुभयो । देशलाई सहि मार्गमा हिडाउनको लागी आफ्नो शत्रुलाई परास्त गर्नुपर्ने भएकाले त्यसको थालनी गरेको र त्यसलाई निरन्तरता दिनको लागी सबै स्याङजाबासीको साथ आवश्यक रहेको उहाँको भनाई छ ।
जब सम्म भ्रष्टाचारको बिरुद्ध आवाज उठाउदैनौ तब सम्म थला परेको देश उठाउनको लागि मंसिर ४को चुनावमा सोच बिचार गरेर मतदान गर्न आग्रह गर्नुभयो । युवालाई रोजगारी दिने र भ्रष्टाचारलाई जरैदेखी निमुर्ल पार्नको लागी जनता चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पुर्व सांसद मोहन पाण्डे, शंकर पाण्डे, प्रदेश (ख) का उम्मेदवार महेश भट्टराई, चापाकोट नगरप्रमुख देबबहादुर खाँण (ईश्वर), युवा नेता भागवत प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।
यस्तै प्रदेश (क) का उम्मेदवार भोजराज अर्यालसहितको टोलिले शुत्रबार वालिङ ५ र ९ का विभिन्न ठाउँहरुमा चुनावी तथा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्नुहुदै अर्यालले जनताको हातमा हात र काँधमा काँध मिलाएर हरेक परिस्थितिमा संगै हिड्ने पार्टी नेपाली काँग्रेस भएकाले आगामि चुनाव पछि पनि सारथि बनाउन आग्रह गर्नुभयो । स्याङजाको विकासमा आफु निरन्तर अहोरात्र खटिरहेको र अब पनि पछि नहट्ने उहाँको दाबी छ । दिगो बिकासका लागी विभिन्न योजनाका साथ फेरी जनतामाझ आएको र छुट्टैखाले निती निमार्ण गरेर पाँच वर्षमा स्याङजालाई नमुना जिल्लाको रुपमा विकास गर्ने प्रतिबद्धता गर्नुभएको छ । कार्यक्रममा भिरकोट नगर सभापति याम बहादुर अधिकारी (लक्ष्मण) लगाएतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्रीकालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने
३ हप्ता अगाडि
वालिङ : मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन कालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी…