एमाले निकट सदस्यहरुको अनुपस्थितिको कारण गल्याङको कार्यपालिका बैठक स्थगित
गल्याङ :
गल्याङ नगरपालिका को आज बसेको कार्यपालिका बैठक अर्को सुचना नहुन्जेलका लागि स्थगित भएको छ । एमाले निकट कार्यपालिका सदस्य हरुको अनुपस्थितिको कारण बैठक स्थगित भएको हो । प्राकृतिक चिकित्सालय निर्माण , नदि जन्य पदार्थ को उपयोग सम्बन्धि,गल्याङ नगरपालिका वडा नम्बर ३,११,८,१र २ मा साना सहरी खानेपानी तथा ढल निकास आयोजना ,झलुङ्गे पुल को ठेक्का लगाएतका महत्त्वपूर्ण प्रश्ताव हरु माथी छलफल गरि निणय गर्नुपर्ने भएता पनि एमाले निकट सदस्यहरू को अनुपस्थित का कारण बैठक हुन नसकेको नगरपालिका ले जनाएको छ । आफुहरुको बहुमत रहेको हुदा आफुहरुले भनेको मात्र हुनु पर्ने अन्यथा बैठक हुन नसक्ने अनुपस्थित एक कार्यपालिका सदस्य ले बताएका छन । गल्याङ नगरपालिका को कार्यपालिका मा २१ जना सदस्य मध्य ८ जना नेपाली काङ्ग्रेस बाट र १३ जना नेकपा एमाले बाट प्रतिनिधित्व गर्ने सदस्य हरु रहेका छन ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


