स्याङ्जा २ मा काँग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालले गरे मनाेनयन दर्ता ।
असोज २३ गते ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली काँग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रिय सचिव पद्मा कुमारी अर्याल बीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
स्याङ्जाको क्षेत्र नंम्वर २ को लागि उनीहरु दुवैले मनोनयन दर्ता गरेकाहुन् । वालिङ नगरपालिकाको कार्यालमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गरेका हुन् ।
यस्तै नेपाली काँग्रेसबाट २ को क मा भोजराज अर्याल र ख मा महेश भट्टराईले मनोनयन दर्ता गरेकाछन् । २ को क गठबन्धन अन्तर्गत नेकपा समाजवादीलाई परेको भन्दै समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले समेत मनोनयन दर्ता गर्नु भएको छ । यस्तै नेकपा एमालेका तर्फबाट प्रदेश क मा निर्वतमान् प्रदेश सांसद मोहन प्रसाद रेग्मी र ख मा डाक्टर बुद्धीमान् श्रेष्ठले उमेद्वारी दर्ता गराउनु भएको छ ।

यस्तै स्याङ्जा क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका तर्फबाट पूर्व सांसद राजु थापा र एमालेका तर्फबाट पूर्व सांसद नारायण प्रसाद मरासिनीले मनोनयन दर्ता गरेकाछन् ।
यस्तै काँग्रेसका तर्फबाट प्रदेश क मा प्रदेशका पूर्व साँसद मेखलाल श्रेष्ठ र ख मा काँग्रेस जिल्लाका पूर्व कार्यबाहक सभापति कुमार रानाले मनोनयन दर्ता गरेकाछन् ।
गठबन्धन अन्तर्गत प्रदेश क, माओवादी केन्द्रलाई परेको भन्दै अमृता थापाले समेत उमेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै एमालेले प्रदेश क मा सीता सुन्दास र ख मा सुधीर पौडेलले मनोनयन दर्ता गर्नु भएको छ ।
यस्तै २ नम्वर क्षेत्रमा स्वतन्त्र पार्टीको तर्फबाट टिकराज गुरुङले पनि मनोनयन दर्ता गर्नु भएको छ ।
मनोनयनको क्रम अहिले पनि जारी रहेको छ ।




समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


