निष्ठाको राजनिति गर्नेलाई भोट दिनुस : गुरुङ, राजनितिलाई कमाई खाने भाँडो बनाउदिन : अर्याल
स्याङ्जा :
स्याङ्जा क्षेत्र नं.२ का प्रतिनिधी सभा उम्मेदवार धनराज गुरुङले निष्ठाको राजनिति गर्ने उम्मेदवारलाई मंसिर ४ को चुनावमा आफ्नो अमुल्य मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । पछिल्लो समय पैसाद्धारा भोट किन्ने पद्दतिको विकास भईरहेको भन्दै पैसा नलिएर निष्ठावान नेतृत्वलाई चुन्न उहाँले आग्रह गर्नुभएको हो । शनिबार भीरकोट नगरपालिका ६ र ७ को विभिन्न स्थानहरुमा गरिएको कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भ्रष्ट प्रवुत्ति मौलाईरहेको र भ्रष्ट मति भएकाहरुले गरेको भ्रष्टाचारको पैसामा आफ्नो अमुल्य मत नबेच्न उहाँको अनुरोध छ । भ्रष्टाचार गर्नु महापाप भएको भन्दै भ्रष्टाचार गरेर कमाएका पैसाद्धारा मत किन्न खोज्नु र पैसाकै पक्षमा लाग्नु दुवै गलत भएको बताउनुभयो । नागरिक चनाखो हुने बेला आएको भन्दै भ्रष्ट प्रवृत्तिका विरुद्ध भोट नै देश बिकासको शुरुवाति जग हुने उहाँको भनाई छ । जब सम्म भ्रष्टाचार गरेको पैसाले मत किन्ने प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म देशमा भ्रष्टाचार गर्ने बढिरहने उहाँको भनाई छ ।

कार्यक्रममा प्रदेश (क)का प्रदेश सभा उम्मेदवार भोजराज अर्यालले राजनितिलाई कमाई खाने भाँडो नबनाउने बताउनुभएको छ । धेरै नेताहरुले राजनितीलाई कमाई खाने भाँडोको रुपमा उपयोग गरेको भन्दै आँफुले राजनितिलाई कहिल्यै पनि कमाई खाने भाँडोको रुपमा नहेरेको उहाँको भनाई छ ।
साथै उहाँले भ्रष्टाचार कहिल्यै पनि नगर्ने संकल्पका साथ निर्वाचनमा होमिएको र भ्रष्टाचार गरेको पनि नरुचाउने साथै कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताउनुभएको छ । उहाँले जति काम गर्न सक्छु त्यति नै काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । जे पनि गर्छु भनेर नागरिकलाई धोका दिने काम आफँबाट कहिले पनि नहुने उहाँले उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा समानुपातिक उम्मेदवार सरस्वति अर्यालतिवारी, कल्पना तिवारी, महासमिति सदस्य छायाराम खनाल, भीरकोट नगर सभापति यामप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


