वालिङमा ३५ दिनभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न नगरपालिकाको निर्देशन ।
स्याङजा :
वालिङ बजारमा रहेका टेलिफोन,केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीलाइ ३५ दिनभित्र तार व्यवस्थापन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
सडक तथा बजार नै कुरुप हुनेगरी राखिएका ईन्टरनेट तथा केवुलतार अबको ३५ दिनभित्रमा व्यवस्थापन नगरे काटिदिने नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
टेलिफोन, केवुल तथा नेट इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै विग्रन गएकाले यसको स्थाइरुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको प्रमुख खाँणले जानकारी गराउनुभयो ।
नगरपालिका भित्र आधा दर्जन भन्दा धेरै ईन्टरनेट सेवाप्रदायक,एक केवुल टिभि,नेपाल टेलिकमको ल्याण्डलाईन टेलिफोन रेहकाछन् । सबैले जथाभावी तार राख्दा बजार नै कुरुप भएको र दुर्घटनाको जोखिम समेत बढेको भन्दै आफूहरु यस्तो कदम चाल्न बाध्य भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका वडा नम्वर १,६,८,९,१० र १३ नम्वर वडामा अव्यवस्थित तार धेरै भएको नगरपालिकाले जनाएको छ ।
यसैगरी बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्य नजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …