गठबन्धनको कारणले स्याङ्जामा भाडभैलो, गठबन्धन नमान्ने काँग्रेस नेताहरुको भनाई ।

१३ असोज, स्याङ्जा ।
नेपाली कांग्रेसको राम्रो पकड भएको जिल्ला मानिन्छ, स्याङजा, गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा राम्रो पकड कायम राख्न सफल कांग्रेसलाई प्रदेश र संघको गठबन्धनले भने नराम्रोसँग प्रभावित गरेको छ । जिल्लाको पहिलो मत प्राप्त यो पार्टीलाई माओवादीको हैसियत भन्दा बढीको मागले तनाव दिएको हो ।
अझै कांग्रेसको सबैभन्दा धेरै मतभार भएको प्रदेशमा माओवादी दावीले जिल्लाको गठबन्धन धरापमा परेको छ । ०६४ सालमा माओवादीको जगजगीका बेला समेत नगन्य रहेका माओवादीहरुले आफ्नो हैसियत भन्दा बढी माग दावी गर्न थालेपछि स्याङ्जा कांग्रेस कार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ । यसलाई मत बिनाको माओवादी दावीले एमाले जिताउने रणनीति हुनसक्ने आंकलन नेपाली कांग्रेसका यूवा नेता एवं महाधिवेशन प्रतिनिधि इन्द्र रिजालले बताउनु भयो ।
स्याङ्जाका कांग्रेस नेताहरू प्रदेश १ क तथा ख माथि माओवादी दावी कायम रहे स्याङ्जामा गठबन्धन भत्कने दावी गर्छन् । यसबारे केन्द्रीय नेतृत्वले समयमै विचार पुर्याउनु बुद्धिमानी हुने कार्यकर्ताहरुको आग्रह छ ।
गत स्थानीय चुनावमा जहाँ माओवादीसँग गठबन्धन गरिएको थियो ती पालिकाहरुमा कांग्रेसका मेयर उपमेयरले चुनाव हारेको तर जहाँ कांग्रेस एक्लै चुनाव लडेको थियो ती स्थानमा भने राम्रो मतका साथ कांग्रेसले चुनाव जितेको थियो । एकातर्फ एमाले विभाजनको असर स्याङ्जामा खासै नपर्नु र माओवादीको संगठन कमजोर हुनुले स्याङ्जामा गठबन्धन नै आवश्यक नरहेको अधिकांश कांग्रेस कार्यकर्ताहरुको भनाई रहेको नेपाली कांग्रेसका यूवा नेता एवं प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो ।
यता प्रदेश १ ख मा आज बिरोध कार्यक्रम समेत गरिएको छ । भीरकोट लगायतका ठाँउमा माओवादी तथा अन्य पार्टीलाई सो प्रदेश छोड्न नसकिने भन्दै बिरोध कार्यक्रम गरिएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई बिरोध सम्वन्धीको ज्ञापनपत्र समेत बुझाईएको काँग्रेस भीरकोट नगरपालिकाका सभापति याम प्रसाद अधिकारी लक्षमणले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…