सिद्धार्थ राजमार्गको ६० मिटर सडक भासियो, सडक पूर्ण रुपमा अवरुद्ध

खगिन्द्र पौडेल :

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर सडक पूर्ण रुपमा अवरुद्धभएको छ ।

एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्नेगरी खसेको हो ।  ६० मिटर सडक भासिएको सडक डिभिजन पाल्पाले जनाएकाे छ ।

सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।

रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलि (शुक्रबार)देखि सडक खुलाउने प्रयास हुने बताइएकाे छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

tansen sadak banda
तस्वीर :खगिन्द्र पौडेल
Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP