सिद्धार्थ राजमार्गको ६० मिटर सडक भासियो, सडक पूर्ण रुपमा अवरुद्ध
खगिन्द्र पौडेल :
सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर सडक पूर्ण रुपमा अवरुद्धभएको छ ।
एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्नेगरी खसेको हो । ६० मिटर सडक भासिएको सडक डिभिजन पाल्पाले जनाएकाे छ ।
सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।

Facebook Comments Box
समाचार
थप सामाग्री
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)
१ हप्ता अगाडि
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र…


