भोट दिदा छोरी अन्माए झै बिचार गरौं : राप्रपा अध्यक्ष लिंङ्देल

Rajendra Lingdel

स्याङ्जा :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा बृहत सभा सम्पन्न गरेको छ । सभाको उदघाटन गर्दै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिंङ्देलले गलत नेता र पार्टीलाई भोट दिंदा देश नै बर्वाद हुने बताउनुभयो । उहाले अमूल्य भोट दिदा छोरी अन्माउदा झैं धेरै सोच बिचार गरेर दिनुपर्ने बताउनुभयो । तीन दशकदेखि नेपालको राजनीतिमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रका नाउमा सिमित दलले राजनीति गर्दे आको बताउदै उनीहरुका प्राथमिकतामा जनता नपरेका कारण यसपटक राप्रपालाई मत दिएर जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु तोरणबहादुर गुरुङ, हिम्मतजंग कार्की र उदयराज पोखरेल, गण्डकी प्रदेश अध्यक्ष पंचराम गुरुङ, पूर्व उपसचिव मदनबहादुर कार्की, भूतपूर्व सैनिक संघका केन्द्रीय अधयक्ष प्रकाश जंग कार्की, महिला नेतृ छमकला कुवर लगायतले शुभकामना सहित राप्रपालाई मत दिई विजयी गराउन आग्रह गर्नुभयो । राप्रपा जिल्ला अध्यक्ष इन्द्रप्रसाद गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसिंह ठकुरीले स्वागत गर्नुभएको थियो । सोही कार्यक्रममा नेकपा एमाले एवं नेकपा माओवादी र नेपाली कांगा्रेस परित्याग गर्दे झण्डै २ दर्जन युवायुवती राप्रपा प्रवेश गरेको राप्रपाले जनाएको छ ।

Facebook Comments Box
TOP