रेबिज सप्ताह अन्तर्गत वालिङमा बिभिन्न कार्यक्रम गरिदै ।

Rabies Waling

वालिङ, असोज ६ गते ।
विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह–२०७९ सुरु भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ तारिख यो दिवस मनाइन्छ ‘एक स्वास्थ्यको अवलम्वन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराका साथ रेबिज सप्ताह–२०७९ शुरु भएको हो ।
यसअघि पशुचौपायमा रेबिज देखिए पछि सतर्कता अपनाउदै आएको वालिङ नगपालिकाले कुकुरमा रेबिज बिरुद्ध खोप लगाउने अभियान शुरु गरेको छ । गएको बर्ष बाख्रा र बाच्छो रेबिजका कारण मरेका थिए भने अन्य ८ पशुमा समेत यसको लक्षण देखिएको थियो । रेबिजको संका लागे पछि परिक्षण गर्दा दुई पशुमा रेबिज पुष्टी भएको पशुविकास अधिकृत डाक्टर बसन्त अधिकारीले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाले चालु आर्थिक बर्षमा समुदायमा रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम समेत बनाएको डाक्टर अधिकारीले जानकारी दिनुभयो ।
सप्ताहव्यापी रुपमा निशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रम लगाउनु शुरु गरेको वालिङले बिद्यालय स्तरमा समेत जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।
कार्यक्रम अन्तर्गत कुकुरहरुलाई रेविज बिरुद्ध खोप दिने कम शुरु भएको छ ।

कुकुरलाई रेबिज बिरुद्धको खोप लगाउदै डाक्टर बसन्त अधिकारी
कुकुरलाई रेबिज बिरुद्धको खोप लगाउदै डाक्टर बसन्त अधिकारी

खोप कार्यक्रमम शुभारम्भका अवसरमा वालिङ नगरपालिकाको वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर तिवारी, आर्थिक विकास समितिका संयोजक सीता बिक,कार्यपालिका सदस्य युगमाया पंगेनी,लेखा अधिकृत ज्ञान प्रसाद अर्याल, पशुविकास अधिकृत डाक्टर बसन्त अधिकारी,कृषि शाखा प्रमुख शुभाष अर्याल लगायतको उपस्थिती रहेको थियो ।
के हो रेविज ?
रेबिज लागेको कुकुरको शरीरमा लाइसा भाइरस हुन्छ । यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा प्रवेश गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरीरमा फैलिएर रेबिजका लक्षणहरु देखिन थाल्छन् । रेबिज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिविधि गर्ने जस्ता लक्षण देखिन्छन् । यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँुदैन तर कुकुरले टोक्ने बित्तिकै रेबिजविरुद्धको खोप लगाएमा भने रेबिज लाग्दैन ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP