आगमी चुनाव रणसंग्राम भएको भन्दै रबिले भने कयौ नेताहरुको यो अन्तिम चुनाव हुनेछ ।

वालिङ,१७ :
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी चुनाव रणसंग्राम भएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ आगामी चुनाव, एक चुनाव मात्रै नभएर रणसंग्राम हो, कयांै नेताहरुको यो अन्तिम चुनाव पनि हुनेछ ।’
अध्यक्ष लामिछानेले अन्तिम अवस्थामा पुगेका नेताहरुलाई मतदान गरेर पाँच वर्ष पछि पर्नु भन्दा भर्खरै उदाउदै गरेको नयाँ पुस्तालाई देशको जिम्मा लगाउन सबै एकजुट हुन आग्रह गर्नु भयो । सम्वाेधनमा लामिछानेले भष्ट्राचार अन्त्य गर्न र नागरिकमैत्री शासन बनाउन स्वतन्त्र पार्टी गठन भएको बताउनु भयाे ।
लामिछानेले आफुलाई ठुला दल हु भन्नेहरुले जनताको हितमा काम गर्न नसकेकोले आफुहरु राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्न बाध्य भएको दावी गर्नुभयो ।
आफुलाई ठुलो दलको नेता भन्न रुचाउनेहरुका कारण नै देश बर्वाद हुने स्थितीमा पुगेकोले बिभिन्न पेशा र व्यावसायलाई छाडेर आफुहरु राजनीतिमा आएको अध्यक्ष लामिछानेको भनाइ छ ।
कार्यक्रममा डाक्टरढाका श्रेष्ठ गण्डकी प्रदेश सभापती, नेता मेघ घले लगायले बालेका थिए ।
कार्यक्रमकै अवसरमा स्वतन्त्र पार्टीको क्षेत्र नं २ को संघीय सासंदका उमेद्वार टिकराज गुरुङ र समानुपातिक उमेद्वार मेघ आलेले आगामी निर्वाचनमा उमेदवारी घोषणा गरेका छन् ।
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…