आगमी चुनाव रणसंग्राम भएको भन्दै रबिले भने कयौ नेताहरुको यो अन्तिम चुनाव हुनेछ ।
वालिङ,१७ :
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी चुनाव रणसंग्राम भएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ आगामी चुनाव, एक चुनाव मात्रै नभएर रणसंग्राम हो, कयांै नेताहरुको यो अन्तिम चुनाव पनि हुनेछ ।’
अध्यक्ष लामिछानेले अन्तिम अवस्थामा पुगेका नेताहरुलाई मतदान गरेर पाँच वर्ष पछि पर्नु भन्दा भर्खरै उदाउदै गरेको नयाँ पुस्तालाई देशको जिम्मा लगाउन सबै एकजुट हुन आग्रह गर्नु भयो । सम्वाेधनमा लामिछानेले भष्ट्राचार अन्त्य गर्न र नागरिकमैत्री शासन बनाउन स्वतन्त्र पार्टी गठन भएको बताउनु भयाे ।
लामिछानेले आफुलाई ठुला दल हु भन्नेहरुले जनताको हितमा काम गर्न नसकेकोले आफुहरु राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्न बाध्य भएको दावी गर्नुभयो ।
आफुलाई ठुलो दलको नेता भन्न रुचाउनेहरुका कारण नै देश बर्वाद हुने स्थितीमा पुगेकोले बिभिन्न पेशा र व्यावसायलाई छाडेर आफुहरु राजनीतिमा आएको अध्यक्ष लामिछानेको भनाइ छ ।
कार्यक्रममा डाक्टरढाका श्रेष्ठ गण्डकी प्रदेश सभापती, नेता मेघ घले लगायले बालेका थिए ।
कार्यक्रमकै अवसरमा स्वतन्त्र पार्टीको क्षेत्र नं २ को संघीय सासंदका उमेद्वार टिकराज गुरुङ र समानुपातिक उमेद्वार मेघ आलेले आगामी निर्वाचनमा उमेदवारी घोषणा गरेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


