नेविसंघ इकाई वालिङ क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम

वालिङ, ८ असोज ।
वालिङ बहुमुखी क्याम्पसमा शुभकामना आदनप्रदान सहित विविध सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल बिद्यार्थी संघ इकाई कार्यसमितिद्धारा आयोजित शुभकामना आदनप्रदान, बिद्यार्थी स्वागत तथा सांस्कृतिक कार्यक्रम क्याम्पस प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नु हुदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले आउदै गरेको नेपालिहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै नव आगन्तुक बिद्यार्थीहरुलाइ क्यापसमा स्वागत गर्नुभयो । वालिङकै जेठो क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा उच्चशिक्षा हासिल गर्न आउने हरेक विद्यार्थीहरु धेरै अगाडि बढेको र कुनै न कुनै ठाँउमा पुगेको बताउदै उहाँले अबका विद्यार्थी पनि मेहनतका साथ पढेर देशको लागी केही गर्ने अठोट गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।
क्यापसमा आवश्यक पर्ने भौतिक तथा आर्थिक पक्षमा नगरपालिकाले सहयोग गरिरहेको र अबका दिनमा पनि सहयोग गर्ने बताउनुभयो । साथै उहाँले आफ्नो भविष्य कस्तो बनाउने भन्ने कुरा आफ्नै हातमा रहेकाले आफ्नो रुचिको विषय चुनेर अध्ययन गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेंस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, क्यापस सञ्चलाक अध्यक्ष हुमनाथ कोइरालाले यस क्यापसमा अधययन गर्न आउनुभएका विद्यार्थीहरुको उज्जवल भविष्य बनाउने लक्ष्यलाई सार्थक बनाउन सधै सहयोग गर्ने बताउनुभयो । साथै अबका पढाइका बाँकी रहेका खुड्किलाहरु पनि सहजै पार गरेर देशका लागि योग्य नागरिकहरु उत्पादन हुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा निर्वतमान क्यापस प्रमुख सचितानन्द यादव, निमित्त क्याम्पस प्रमुख युवराज पाठक, वालिङ ११ वडा अध्यक्ष डण्डपानी पंगेनी, गल्याङ ६का वडा अध्यक्ष दिप गुरुङ (छिरिङ), नेविसघं जिल्ला कोषध्यक्ष धु्रर्व पंगेनी, प्रध्यापन संघ सदस्य पदम पाणी काफ्ले, प्रध्यापन संघ संयोजक याम बहादुर कुँवर, क्यापस सञ्चालक सदस्य कविता भुषाल, वालिङ क्याम्पस एसक्युसि संयोजक एन्जिला पाण्डे, अनेरास्वयू प्रतिनिधी किशोर पाठक, नेविसघं प्रतिनिधी विपिन कुँवर लगायतले बोल्नुभएको थियो ।
नेपाल बिद्यार्थी संघ इकाई कार्यसमिति संयोजक कमल कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवराज तिवारी तथा समिक्षा काफले र करुणा काफ्लेले स्वागत गर्नुभएको थियो । साथै कार्यक्रममा कलाकार प्रकाश पराजुली, स्थानिय कलाकार सुनिता नेपाली, राम्जी पौडेल तथा अविशेक लम्सालको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।  -रेडियो आँधीखोला
Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP