बिरुवामा मुक्तिनाथ बैंकको वितीय साक्षरता
प्रकाश डोटेल,
स्याङ्जा, २० भदौं ।
मुक्तिनाथ विकास बैंकले स्याङ्जाको बिरुवा गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बिरुवा शाखाका ९९ वटा महिला समूहमा आबद्ध सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा बोल्दै बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु ग्रामिण क्षेत्रमा पुग्न थालेको बताए । वित्तीय संस्थाहरु ग्रामीण क्षेत्रमा पुगेपछि महिलाहरुमा आर्थिक चेतनाको विकास हुन थालको समेत उनले सुनाए । उनले सानासाना वचतबाट मात्रै ठूला आर्थिक गतिविधि संचालन गर्न सकिने बिचार व्यक्त गरे ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय तथा उपक्षेत्रिय कार्यालय समन्वय प्रमुख बाबुराम ढकाल, बिरुवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष नबिन कुमार आलेले महिलाहरुको आर्थिक विकास विना समाज रुपान्तरण गर्न नसकिने बताए । समाज रुपान्तरणका लागि महिला सशक्तिकरण गर्नु आवश्यक रहेको उनीहरुको भनाई थियो ।
वित्तीय साक्षरता कार्यक्रममा बैंक स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मी, मुक्तिनाथ कृषि कम्पनीका विपिन कार्कीले वित्तीय साक्षरताले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा वचत गर्ने बानीको विकास गरेको स्पष्ट पारे । वचत गर्ने बानीले आर्थिक रुपमा पर्ने आपत्तकालिन समस्या समाधान गर्न सहज हुने उनीहरुले बताए ।
मुक्तिनाथ विकास बैंक बिरुवा शाखा अन्र्तगत गठित ९९ वटा महिला समूहमा झण्डै २६ करोड लगानी रहेको बैंकले जनाएको छ । बैंकको लगानीमा ग्रामीण क्षेत्रका करिब २ हजार ५ सय महिलाहरुले स्वरोजगारका काम गर्दै आएका छन् । बैंकले बिरुवा र हरिनास गाउँपालिका र भीरकोट नगरपालिकाका केहि वडामा सेवा संचालन गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंक बिरुवा शाखामा आबद्ध महिला सदस्य नरुकुमारी खड्काको अध्यक्षतामा भएको वित्तीय साक्षरता कार्यक्रममा बैंकका शाखा प्रबन्धक ख्याम बहादुर अधिकारीको स्वागत तथा अनिता थापाले संचालन गरेकी थिईन । कार्यक्रममा समूहमा आबद्ध महिला प्रतिनिधिहरुले समूहमा देखिएका चुनौती र सम्भाबनाका विषयमा बोलेका थिए ।
महिलाहरुको आर्थिक रुपान्तरणमा केन्द्रित मुक्तिनाथ विकास बैंकले महिलाको आर्थिक विकास विना समाज अध्यारो हुने बताउँदै आएको छ । महिलाको आर्थिक विकासका लागि बैंकले विगत १५ वर्षदेखि उनीहरुलाई स्वरोजगार मुलक कार्यक्रममा समाबेश गरेको छ । बैंकले लद्युवित्त संचालनमा रहेका देशहरु मध्ये नेपालमा सस्तोदरमा महिला समूहलाई लगानी गर्दै आएको दाबी गरेको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …