गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

वालिङ :
लक्ष्मी माध्यमिक विद्यालय वालिङ १३ बोधिभञ्याङमा छात्रवृत्ति वितरण गरिएको छ । होप स्कलरसीप फाउण्डेसनले १७ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । फउण्डेसनले ५१ हजार रुपैँयाको छात्रवृत्ति प्रदान गरेको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष नमलाल डुम्रेले यस्ता विभिन्न संघसंस्थाहरुको सहयोगले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनमा थप हौसला प्रदान गरेको बताउनुभयो । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।


साथै अभिभावकहरुको भेलाले ठगप्रसाद गैह्रेको अध्यक्षतामा अभिभावक संघ गठन गरेको छ । सदस्यहरुमा शिललाल गैह्रे, अवप्रसाद गैह्रे, रेशम प्रसाद गैह्रे, केदार गैह्रे, कोपिला गैह्रे, भुमादेवि न्यौपाने र पेमा गैह्रे रहनुभएको छ । त्यस्तै सामाजिक लेखा परिक्षण समिति समेत गठन गरिएको छ । उक्त समितिमा ठगप्रसाद गैह्रे, गंगा गैह्रे, सीता गैह्रे र राजेन गैह्रे रहनुभएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदिश गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वाागत शिक्षक हेमप्रसाद गैह्रे र संचालन विद्यालयकी प्रधानाध्यापक सिता गैह्रे गौडेलले गर्नुभएको थियो ।

 

Facebook Comments Box
TOP