ईबिक सम्वन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न ।

वालिङ :

उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको बिबिध गतिबिधिका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो ।
छलफलमा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले उद्यमी अनुकुल बातावरण बनाउनका लागि नगरपालिकाले बिभिन्न काम शुरु गरेको जानकारी दिनुभयो । नगरपालिकाको काम तस्विरमा देखिने गरी बनाउन आफूहरुको ध्यान रहेको प्रमुख खाँणको भनाई छ ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले दीगो बिकासको स्थानीयकरण र यसको महत्वको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले ‘हरित अर्थतन्त्र बनाउदै दीगो बिकासको स्थानीयकरण कार्य गर्न सकिने अवधारणा समेत प्रस्तुत गर्नु भएको थियो ।’ उद्यमशीलता,ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको प्रभावकारिता बढ्दै गएको बताउनु हुँदै अर्यालले बेरोजगार तथा बिदेशबाट फर्किएकाहरुलाई ईबिक मार्फत स्वरोजगार बनाउन सकिने अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

EBIC

कार्यक्रममा बोल्दै पोखरा महागरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले ईबिकको क्षेत्रमा वालिङबाट सिक्ने बिषय धेरै रहेको बताउनु भयो । उहाँले भन्नुभयो महानगर वालिङ नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्न चाहान्छ ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले ईबिकको प्रभावकारिता धेरै देखेर नै वालिङमा ईबिक परियोजना समेत शुरु गरिएको बताउनु भयो । गण्डकी प्रदेश सरकारसँग मिलेर ईबिक परियोजना सञ्चालन भईरहेको भट्टराईको भनाई छ ।
नगरप्रमुख खाँणले वालिङ नगरपालिकाले ईबिक सञ्चालन गर्नको लागि तयार पारेको नीति तथा निर्देशिका समेत पोखरा महानगरको टोलीलाई हस्तान्तरण गर्नु भएको छ । पोखरा महानगरपालिकाले ईबिकको निर्देशिका तयार गर्ने चरणमा रहेको सो अवसरमा जानकारी गराईएको थियो ।
नगरप्रमुख खाँणले ईबिकको अभिन्न अंगका रुपमा रहेको को–वर्किङ स्मेस,ईन्नोभेसन सेन्टर,एक्सन रुम अर्थात भिडियो कन्फ्रेन्सिङ रुम लगायतको स्थलगत जानकारी गराउनु भएको थियो ।

पोखरा महानगरपालिकामा सञ्चालनमा ल्याइएको ईबिक र वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक बीच सहकार्य, समन्वय तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको हो ।
पोखरा महानगरपालिकाका उद्योग तथा सहकारी महाशाखाका प्रमुख भरतराज पौडेल,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायत सहभागिता रहको थियो ।

 

Diyalo UNDP EBIC
Diyalo UNDP EBIC
Facebook Comments Box
TOP