गल्याङको विकासमा संकल्पका साथ अगाडि बढ्न आग्रह
साधना न्यौपाने /स्याङ्जा
निर्वाहमुखी विकासको चरणबाट माथी उठेर स्थानीय साधन स्रोतको अत्यधिक प्रयोग गर्दै जनप्रतिनिधिहरु तथा कर्मचारी एक भएर गल्याङ नगरको ठोस विकासमा संकल्पका साथ अगाडि बढ्नु पर्ने गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनु भएकाे छ ।
गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले सो कुरा बताउनु भएकाे हाे ।
नगर प्रमुख भट्टराईले वडाअध्यक्ष जनताहरुसँग स्थानीय स्तरमा प्रत्यक्ष जोडिने भएकाले अग्रपङ्तीमा रहेर कर्मचारीको साथ सहयोग लिएर जनताको सेवामा लाग्नु पर्ने र जहाँ समस्याहरु देखिन्छन त्यसको दीर्घकालिन समस्याहरुको समाधानमा समेत अगाडि वढ्न आग्रह गर्नु भयाे ।
उहाँले भन्नु भयो हामी जनप्रतिनिधिहरु भन्दा विकास निर्माण अभियानमा कर्मचारीको महत्वपूर्ण भूमिका हुने हुदा त्यसलाई जिम्मेबारी तबरले पुरा पुरा गर्नु पर्दछ। विगतका योजनाहरुलाई विश्लेषण गर्दा आफूहरुले सन्तुष्टि लिने ठाउँ नभएकाले त्यसबाट केही कुरा सिक्दै आगामी कार्यक्रमहरुलाई प्रभावकारी बनाउने पक्षमा लाग्न समेत आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले आफू अनुगमन समितिको संयोजक भएकाले कार्यक्रमको प्रभावकारीताका पक्षमा ध्यान दिन र सेवा प्रवाहमा जिम्मेबार भएर लाग्न समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका भित्र रहेका वडा नं.१ देखि वडा नं.११ सम्मका वडासचिवहरुले राख्नु भएको समस्याहरुको सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिका भित्रका समस्याहरुको बारेमा आफू जानकार भएको र असोज भित्र त्यसको समाधान गर्ने पक्षमा आफू लागेको कुरा बताउनु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्य, आर्थिक प्रशासन शाखा प्रमुख तेजन गैह्रे,योजना शाखाका प्रमुख लिलाधर चापागाई, पशुसेवा शाखा प्रमुख शुशिल अर्याल,कृषि शाखा प्रमुख शिव ढकाल,गल्याङ नगर अस्पतालका प्रबन्धक थानापति न्यौपाने, प्राविधिक शाखा प्रमुख इन्जिनियर प्रज्वल गिरी,सामाजिक शाखा प्रमुख ढाल बहादुर केशी, जिन्सी उपशाखा प्रमुख सन्तोस कोईराला न्याय व्यवस्थापन शाखा प्रमुख बेद प्रसाद भट्टराई लगायतले आफ्नो शाखाले एक वर्षमा गरेका प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले र कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले गर्नु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


