पुतलीबजारलाई उद्यमी तथा स्टार्टअपमैत्री पालिकाका बनाउछौं : नगरप्रमुख रेग्मी ।

स्याङ्जा ,२३ भदौ :
पुतलीबजार नगरपालिकाले उद्यमी तथा स्टार्टअप मैत्री पालिकाका बनाउने अभियानमा रहेको नगरप्रमुख तुलसी रेग्मीले बताउनुभएको छ ।
पुतलीबजार नगरपालिकाको उद्यमशीलता ब्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईबिक शाखा, पोखरा महानगरपालिकाका प्रतिनिधिहरू र यूएनडिपि बीच इविक शाखाको स्थापना यस्को गतिविधि र प्रभावका बारेमा अन्तरक्रियात्मक छलफल गरीएको थियो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले उद्यमी अनुकुल तथा हरित रोजगारी, हरित उद्यमलाई प्रवद्र्धन गर्न सकिने अवधारणका बारेमा प्रस्तुती गर्नु भएको थियो । उद्यमशीलता,ब्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको प्रभावकारिता बारेमा जानकारी दिनुहुदै अर्यालले बेरोजगार तथा विदेशबाट फर्किएकाहरुलाई ईबिक महत्वपूर्ण सारथी बन्न सक्ने सन्दर्भ प्रस्तुत गर्नु भएको थियो ।


छलफलमा पोखरा महागरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया,उद्योग तथा सहकारी महाशाखाका प्रमुख भरतराज पौडेल, पुतलीबजार नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

नगरप्रमुख रेग्मीले पुतलीबजार नगरपालिकाले ईबिक सञ्चालन गर्नको लागि तयार पारेको नीति तथा निर्देशिका समेत पोखरा महानगरको टोलीलाई हस्तान्तरण गर्नु भएको छ । पोखरा महानगरपालिकाले ईबिकको निर्देशिका तयार गर्ने चरणमा रहेको सो अवसरमा जानकारी गराईएको थियो ।
हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रमका कार्यक्रम संयोजक पुजा अर्याल ईविक स्वयमसेवक संयोजक रिता शाहीले ईविक शाखाको विविध गतिविधि र यसले प्रभावका बारेमा जानकारी दिनु भएको थियो ।
नयाँ सोचलाई उद्यममा परिवर्तन गर्ने, ब्यवसायको प्रवद्र्धन गर्ने र नगरबासीहरूमा उद्यमशिलताको अभियान शुरू गर्न ईविक शाखाले भूमिका खेलेको सूर्याेदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयो ।
पोखरा महानगरपालिकामा सञ्चालनमा ल्याइएको ईबिक र पुतलीबजार नगरपालिकामा सञ्चालनमा रहेको ईबिक बीच सहकार्य, समन्वय तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको हो ।
सो अवसरमा कृषक तथा उद्यमीहरुलाई कृषि औजार तथा सामाग्रीहरु समेत बितरण गरिएको थियो ।

EBIC Putalibazar

Facebook Comments Box
TOP