डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपैयाँ बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको छ । निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । जसमा मट्टीतेल र डिजेलमा ६ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ । जसअनुसार अब एक लिटर मट्टीतेल र डिजेलको १७८ रुपैयाँ पुगेको छ । पेट्रोल, एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।

Facebook Comments Box
TOP