वीपी जयन्ती र जनताको साथमा कांग्रेस अभियान
भवानी अधिकारी :
१०९ औ वीपी जन्मजयन्ती शुक्रवार नेपाली कांग्रेस स्याङ्जाले बिबिध कार्यक्रम गरी वीपी जयन्ती मनाएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित कांग्रेसको पार्टी कार्यालयमा प्रवचन र वीपी चोकमा वीपीको शालिकमा माल्यापर्णगरि वीपीका योगदानका बारेमा चर्चा परिचर्चा गरिएका छन् ।
यसैगरी, पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा पनि १०९ वीपीजयन्ती मनाउनुका साथै भदौ १० गतेदेखि जारी जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको कार्यक्रम पनि समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वअर्थ राज्यमन्त्री चीनकाजी श्रेष्ठले नेपाली कांग्रेस र वीपीका उच्च बिचारलाई आमसमुदायमा पुरयाउनु पर्ने बताउनुभयो । आम मानिसका हक, हित र अधिकारका पक्षमा पहिलो पटक आवाज उठाउने वीपी कोइराला र उहाका बिचार आज र भोलीसम्म पनि उपयोगी रहने बताउनुभयो । उहाले आउदो निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनकालागि सबै नेता तथा कार्यकर्ताहरु एकजुट भई आ आफना कर्ममा लाग्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं सचेतक भागवतप्रकाश मल्ल, प्रदेश सदस्य अजित क्षेत्री, क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, महाधिवेशन प्रतिनिधि देवेन्द्र गुरुङ र प्रेमराज पोैडेल, प्रदेश सभापति केशरबहादुर खाँण, कांग्रेस नेता दुर्गा गुरुङ, नगर सभापति सुरज अधिकारी, नवप्रवेशी जीतबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कांग्रेस सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर थापाले स्वागत एवं प्रवक्ता भरतप्रसाद लम्सालले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


