माओवादी र एस एउटै घोषणापत्रमा आगामी चुनाव लड्ने ।

Prachanda-Madhav

काठमाण्डौ:

माओवादी र एकीकृत समाजवादीले आगामी निर्वाचन एउटै घोषणापत्रमा लड्ने भएका छन् । हात्तीवनस्थित एक घरमा माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा संघ र प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचन एउटै घोषणापत्रमा लड्ने सहमति भएको हो ।

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एसका महासचिव बेदुराम भुसाल पनि सहभागी थिए । छलफलले दुई पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने सहमतिसमेत गरेको नेताहरूले जनाएका छन् । बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी निर्वाचन एउटै घोषणापत्र लिएर लड्ने सहमति भएको प्रतिक्रिया दिए ।

दुई पार्टीबीच एकताको गृहकार्य चलिरहेको छ । त्यसक्रममा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरिसकेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि हालै भएको स्थायी समिति बैठकमा एससँग पार्टी एकताको प्रक्रियाअघि बढिरहेको बताएका थिए ।

Facebook Comments Box
TOP