स्याङ्जामा ‘जनतासँग काङ्ग्रेस’ अभियान सुरु
साधना न्यौपाने /स्याङ्जा :
नेपाली काङ्ग्रेस स्याङ्जाले जनतासँग काङ्ग्रेस अभियानको शुभारम्भ गरेको छ । आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर उक्त अभियानको शुक्रबार समुद्घाटन गरिएको छ । भाद्र १० बाट भाद्र २५ सम्म काङ्ग्रेसले जनताका घरघरमा गएर तथा विभिन्न प्रशिक्षण र कार्यक्रमहरु गर्ने भएको छ । स्याङ्जाका ११ वटै पालिका र ९७ वडामा चुनाव लक्षित कार्यक्रमका साथ जनताका बीच जाने स्याङ्जा काङ्ग्रेसले जनाएको छ ।
अभियानका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ भाद्र ९ गते नै स्याङ्जा आइपुग्नुभएको छ । उक्त समुद्घाटन समारोहमा बोल्दै नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले काङ्ग्रेस पदमा अल्झिएर नबसी ठुलो लक्ष्यका साथ जनताको घरदैलोमा जानुपर्ने भन्दै काङ्ग्रेस के हो भनेर जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले मुलुकमा विगतको निरङ्कुशता जतिबेला पनि देखिनसक्ने हुनाले निरङ्कुशताका विरुद्ध काङ्ग्रेस सधैं सचेत हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले स्याङ्जामा काङ्ग्रेस एकताबद्ध रहेको र निर्वाचनमा काङ्ग्रेसले विजय प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठ र कल्पना तिवारी, तरुण दल स्याङ्जाका अध्यक्ष तथा गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवत प्रकाश मल्ल, सङ्घीय सांसद मोहन पाण्डे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्याङ्जाका क्रियाशील महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, प्रेस युनियनकी केन्द्रीय उपमहासचिव दिलिपाश्री अधिकारी, पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारी, पत्रकार महासङ्घ स्याङ्जाकी उपाध्यक्ष भवानी अधिकारी, पत्रकार महासङ्घ स्याङ्जाकी सचिव प्रतीक्षा काफ्ले, नेपाल प्रेस युनियन स्याङ्जाकी उपाध्यक्ष साधना न्यौपाने, पत्रकार सरिता खनाल, आरती कुँवर, रश्मी भट्टाराई लगायत रहनुभएको छ ।
हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाभरका काङ्ग्रेससँग आबद्ध महिला चेलीबेटीहरुलाई दर खुवाउनुका साथै शुभकामना आदानप्रदान गरिएको थियो । समुद्घाटन कार्यक्रमको सभापतित्व काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमितिका सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


