नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु
साधना न्यौपाने/स्याङ्जा
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएपछि करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । अबदेखि करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्ने भएका छन् ।
पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताउनुभयो ।
उहाँका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरि उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको बताउनुभयो ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरिरहेको सेवालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘एफटिटिएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने छ ।’
त्यसैगरि नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटिटिएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजीवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताउनुभयो ।
समाचार
थप सामाग्रीवालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
४ दिन अगाडि
वालिङ : वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ, स्याङ्जाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले…