स्याङ्जा काँग्रेसमा उम्मेदवारको लर्को,ठूला नेताको प्रत्यक्ष र समानुपातिक दुबै तर्फ दाबी

nc syangja

प्रकाश डोटेल,
स्याङ्जा, १४ भदौ :

आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट आंकाक्षीहरुले नाम दर्ता गराएका छन् । केन्द्रीय परिपत्र अनुसार स्याङ्जाका २ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली काँग्रेसका केन्द्रीयस्तरका नेताहरूले नाम दर्ता गराएका हुन् ।

जिल्लामा २ संघीय क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आंकाक्षीको नाम दर्ता गराउनेमा केन्द्रीय नेता, पूर्वमन्त्री, बहालवाला सांसद, पूर्व सांसद जिल्ला सभापति र स्थानीय स्तरमा क्रियाशिल नेताहरु रहेका छन् ।

स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि ८ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गर्नेमा काँग्रेस उपसभापति धनराज गुरुङ, पूर्व केन्द्रीय उपसभापति, मन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, जिल्ला सभापति राजु थापा, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट, काँग्रेस नेता तथा व्यवसायी खुमाप्रसाद अर्याल, पूर्वकार्यबहाक सभापति कुमार राना, जिल्लाका पूर्वप्रवक्ता इन्द्रबहादुर गोदार र प्रहरीका पूर्व विशिष्ट अधिकारी सुवोध कुमार अधिकारी रहेका छन् ।

यस्तै गरी क्षेत्र नं. १ बाटै समानुपातिक तर्फ पनि दुई केन्द्रीय नेता गुरुङ र श्रेष्ठले नै दाबी गरेका छन् । उनीहरूसँगै जिल्ला सदस्य दीर्घनारायण शर्माले पनि नाम दर्ता गराएका छन् ।

स्याङ्जा क्षेत्र नम्बर २ संघमा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् । क्षेत्र नं १ बाट दाबी गरेका केन्द्रीय उपसभापति गुरुङ, केन्द्रीय सदस्य श्रेष्ठ र काँग्रेस नेता तथा सफल व्यवसायी अर्यालले क्षेत्र नं. २ मा पनि दाबी गरेका छन् ।

नाम दर्ता गर्दै आंकाक्षी बन्नेमा केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सांसद एवं काँग्रेस सचेतक भागवतप्रकाश मल्ल, संघीय सांसद मोहन पाण्डे, भूतपूर्वसांसद शंकर पाण्डेय, काँग्रेसका पुराना नेता खगेन्द्रराज रेग्मी, भोजराज अर्याल र लालगोपाल अर्याल रहेका छन् ।

यस्तै समानुपातिकमा फणिनारायण रेग्मी (दीपक), विद्यार्थी राजनीतिबाट उदायका कमला न्यौपाने, चन्द्रा अधिकारी र वालिङ नगरपालिकाका पूर्वप्रमुख दिलिप्रताप खाँणले पनि उम्मेदवार बन्ने आंकाक्षा देखाएर नाम दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्यका लागि स्याङ्जा क्षेत्र नं. १ (क) मा प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ ८ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् । प्रत्यक्षतर्फ आंकाक्षीमा नाम दर्ता गराउनेमा काँग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ, प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि इन्द्रबहादुर रिजाल रहेका छन् ।

नाम दर्ता गर्नेमा बोधराज अर्याल, जनकराज काफ्ले, केशर बहादुर खाँण, विद्यार्थी कालका चर्चित नेता पवन नेपाल र नटराज सुवेदीले पनि प्रत्यक्षतर्फ क्षेत्र नं. १ (क) को उम्मेदवार बन्न दाबी गरेका छन् ।

यसैगरी समानुपातिकतर्फ भीरकोट नगरपालिकाकी पूर्वउपमेयर सीमा कर्माचार्य, काँग्रेस नेतृ हिरादेवी शर्मा, प्रेस युनियनकी उपमहासचिव दिलिपा अधिकारी, धनकुमारी थापा, डोलबहादुर खड्का, देवकुमार मानन्धर, मुहमद सरिफ मियाँ र यामबहादुर रानाले उम्मेदवारीका लागि नाम दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ (ख) मा उम्मेदवार बन्नका लागि प्रत्यक्ष तर्फ ८ जना र समानुपातिकतर्फ १५ जनाले नाम दर्ता गराएर उम्मेदवारी दाबी गरेका छन् । प्रत्यक्षतर्फ उम्मेदवार दाबी गर्नेमा महासमिति सदस्य तुलसी गिरी, ईन्जिनियर अनुप श्रेष्ठ, रामचन्द्र पौडेल, नरेन्द्रराज पौडेल, महेन्द्र थापा, पदमबन्धु पोखरेल, शिव बहादुर थापा र जगदीश पौडेल रहेका छन् ।

समानुपातिकतर्फ कुम्भ गुरुङ, उर्मिला गुरुङ, सुजन गहतराज, अम्बिकादेवी पौडेल, सामुहम्मद मियाँ, देबेन्द्र गुरुङ, माया के.सी., अमृत विक, विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’, सल्मा मियाँ, गीता चापागाईं, कुलबहादुर खत्री, गोपालप्रसाद ढकाल, दुर्गाकुमारी केसी र श्रीराम उपाध्यायले नाम दर्ता गराएर उम्मेदवारी दाबी गरेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ११ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् । प्रत्यक्षतर्फ अर्जुनप्रकाश अर्याल, दामोदर लम्साल, केदार काफ्ले, भीरकोटका पूर्वमेयर छाँयाराम खनाल, महाधिवेशन प्रतिनिधि कल्पना तिवारी, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, अर्जुनप्रसाद खनाल र टंकप्रसाद गैरेले नाम दर्ता गरेका छन् ।

यस्तै समानुपातिकतर्फ नाम दर्ता गर्नेमा लिलबहादुर रनपाल, बसन्तकुमार वि.क., लोकनाथ अर्याल, यादवकुमार श्रेष्ठ, कमल भित्रीकोटी, दिपक रोकाहा, कुलबहादुर गुरुङ, सुनिल खड्का (एसबी) केशभक्त गुरुङ, राजकुमार गुरुङ् र श्यामप्रसाद अर्याल रहेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्ष तर्फ ८ र समानुपातिकतर्फ १० जनाले नाम दर्ता गरेर उम्मेदवारी प्रस्तुत गरेका छन् । प्रत्यतर्फ महेश भट्टराई, शेषकान्त पुरी, शिव गिरी, यामप्रसाद पाण्डे, युवराज पाण्डे, धुर्ब प्रसाद शर्मा, श्याम प्रसाद बस्याल र रामभक्त भट्टराई रहेका छन् ।

समानुपातिकतर्फ नाम दर्ता गर्नेमा जिल्ला उपसभापति शेर बहादुर थापा मगर, पुराना नेता श्याम प्रसाद भण्डारी, तुलसा पाण्डे, हरिबाबु पोखरेल, बिमला श्रेष्ठ, सुनिता थापा, कानुन व्यवसायी राम बहादुर श्रेष्ठ, देवका देवी राना, व्यवसायी महेन्द्र श्रेष्ठ र तुलसा नेपाली रहेका छन् ।

Facebook Comments Box
TOP