‘जनतासँग नेपाली काँग्रेस’ अभियानका लागि केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ स्याङ्जामा
स्याङ्जा ९ भदौ :
नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ ।
जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी अभियान संचालन गर्न लागेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।
भदौ १० देखि सुरु हुने अभियानका बारेमा जानकारी गराउदै जिल्ला सभापति राजु थापाले स्याङ्जाका २ वटा संघ र ४ वटा प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनेगरी सबै जना लाग्ुन पर्ने बताउनुभयो ।
अभियानका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ आज स्याङ्जा आइपुग्नु भएको छ । स्याङ्जा स्थित पार्टी कार्यालयमा उहाले कांग्रेसका जिल्ला, क्षेत्र, महासमिति, माहाधिवेशन प्रतिनिधीबीच छलफल गरेर भोली देखि हुने अभियानका बारेमा जानकारी गराउनुभयो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने छ
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, क्षेत्रीय सभापति दिलिपप्रताप खाण, महाधिवेशन प्रतिनिधीहरु युवराज पाण्डे, प्रेमराज पौडेल, जिल्ला सदस्यहरु सोमनाथ लमसाल, नवराज सुवेदी र धरमराज गुरुङ् लगायतले अभियानका बारेमा सुझाव एवं जिज्ञासा राखेका थिए ।
जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


